राइड टु रानीमहलका साईकलिस्टलाई सम्मान
- लुम्बिनी प्रेस संवाददाता
- चैत्र १८, २०७९
- 246 Shares
-
बुटवल । जिल्ला साईकल संघ रुपन्देहीको आयोजनामा यहि चैत १७ गते शुरु भएको राइड टु रानीमहलका साईकलिस्टलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ रुपन्देहीले सम्मान गरेको छ।
रानीमहलबाट फर्केका साईकलिस्टलाई मणिमुकुन्द सेन उद्यान फुलबारीमा संघले सम्मान गरेको हो।
स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नका लागि महत्वपुर्ण कार्य गरेकोह भन्दै सम्मान गरिएको महासंघको केन्द्रिय प्रथम उपाध्यक्ष रामकुमार रणपालले जानकारी दिए।

संघका विशिष्ट सदस्य एव परियार सेवा समिती रुपन्देही अध्यक्ष लोक बहादुर नेपाली,जिल्ला अध्यक्ष सुबास परियार,प्रथम उपाध्यक्ष तुल्सी बहादुर भण्डारी,महासचिव सञ्जित बुढा प्रीती, मणिमुकुन्द सेन उद्यान फुलबारीका अध्यक्ष खेल लुईटेल लगायतले सम्मान गरेका हुन।
संघ सदस्य मनु थापाको समन्वय एव आर्थिक सहयोगमा भएको कार्यक्रममा ५० बढी साईकलिस्ट सहभागी रहेका थिए।

साईकल संघ अध्यक्ष पुकार थापाले यो सम्मानले उत्साह थपेको बताउदै नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ रुपन्देहीलाई मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ रुपन्देहीका पदाधिकारी एव सदस्यहरुको सहभागीता रहेको थियो।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा