बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने योजना

बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने योजना
0 0
Read Time:2 Minute, 4 Second

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट बनाउने गरी योजना अगाडि बढाएको बताएका छन् ।

बुटवल उपमहानगरपालिकाको आयोजना, इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपाल र फेयरमेडको साझेदारी र स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको प्राविधिक सहयोगमा बुटवलमा आयोजित स्वास्थ्य सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम तथा स्वास्थ्यसम्बन्धि योजना तर्जुमा छलफल कार्यक्रममा बोल्दै उनले बुटवलको स्वास्थ्य क्षेत्रमा छिटै नै सुधार देखा पर्ने बताए ।

बुटवलमा १६-१६ बेडका अस्पताल निर्माणको चरणमा रहेको बताउँदै उनले बाल तथा महिला अस्पतालका रुपमा आम्दा अस्पतालको स्तरोन्नति गर्ने र स्वास्थ्य जनशक्ति उत्पादनमा समेत लगानी गरिरहेको बताए ।

२ दिन चलेको कार्यक्रममा स्वास्थ्य तालिम केन्द्र लुम्बिनीका निमित्त निर्देशक नोधनारायण चौधरी, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, कल्पना भुसाल, इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डे, वडा नं ९ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक प्रदीप कुमार श्रेष्ठ, वडा नं १२ का अध्यक्ष डिल्ली शर्मा उपाध्यायलगायतले बोल्दै स्वास्थ्य क्षेत्रमा बुटवललाई अब्बल बनाउनका लागि सबै क्षेत्रको सहकार्य जरुरी रहेको बताएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %