आगो ताप्ने बाहानामा बालिकामाथी दुव्र्यवहार गर्ने पुरुष पक्राउ
- लुम्बिनी प्रेस संवाददाता
- पुस २३, २०७९
- 265 Shares
-
Read Time:1 Minute, 14 Second
बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको–६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जवरजस्ती गर्ने २५ वर्षीय मधु सोमरेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
आगो ताप्ने वाहनामा घरमा आई जवरजस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगहरुमा छुने चलाउने तथा जवरजस्ती करणी गर्न खोजेको आरोपमा सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जवरजस्ती करणी उद्योग कसुरमा अनुसन्धान भैरहेको छ ।
बालिकाको आमा विदेशमा भएको र घरका बुबा पनि काममा गएको मौका पारी आफूलाई जवरजस्ती करणी गर्न खोजेको कुरा बालीकाले छिमेकी महिलालाई बताएकी थिइन् । सो बारे जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा