नवप्रतिभा सहकारी बुटवल शाखाको संयोजकमा पोखरेल
Read Time:1 Minute, 14 Second
बुटवल । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल उपसमितीको संयोजकमा शिव राज पोख्रेल चयन भएका छन।
सोमबार बुटवल राजमार्ग चौराहा स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै पोख्रेलको संयोजकत्वमा १० सदस्यीय समिति चयन गरिएको हो।बुटवल उपसमिति उप संयोजकमा शान्ति श्रेष्ठ लगायत १० जना पदाधिकारी र सदस्यहरु रहेका छन।
नवलपरासी अरुणखोलामा केन्द्रिय कार्यालय सहकारीले बुटवलमा शाखा सञ्चालनमा ल्याएको हो।
२० शाखाहरु रहेको सहकारीका बुटवलमा ३९२ सदस्यहरु रहेको पोख्रेलले जानकारी दिए।
चन्द्रमणी खरेलको अध्यक्षतामा रहेको केन्द्रिय सञ्चालक समितीमा १० जना पदाधिकारी र सदस्यहरु रहेका छन।
सहकारीका २४ शाखामा ४३ हजार ८३६ सदस्यहरु रहेका छन। सहकारीको शेयरपुजी ३३ करोढ ४३ लाख ५० हजार,बचतपुजी १ अर्ब ३८ करोड ५८ लाख ६० हजार रहेको छ।

लेखकको सम्वन्धमा