नहरपुर माविमा गाेष्टी,यही२७ गते ५३ ओैं साधारण सभा हुने

नहरपुर माविमा गाेष्टी,यही२७ गते ५३ ओैं साधारण सभा हुने
0 0
Read Time:2 Minute, 16 Second

बुटवल । पछिल्लाेपटक निकै आकर्षणकाे केन्द्र बन्दै गएकाे सामुदायिक विद्यालयमध्ये बुटवल १३ स्थित श्री नहरपुर माध्यमिक विद्यालयकाे आगामी २७ गते हुने ५३ ओैं साधारण सभाकाे पूर्वसन्ध्यामा छात्रवृत्ति अक्षयकाेष वितरण कार्यविधि निर्माण विषयक गाेष्ठी सम्पन्न भएकाे छ ।
प्राधानाध्यापक धनिश्वर गाैतमले ३६ लाख बराबरकाे छात्रवृत्ति अक्षयकाेष रहेकाे बताउँदै त्यसकाे ७५ प्रतिशत ब्याजबाट के, कसरी र कस्ताे अवस्थामा रहेका छात्रछात्रालाई वितरण गर्ने भन्ने प्रस्ताव गरेका थिए ।
कार्यक्रममा प्राध्यापक मुकुन्द पाेखरेल,अधिवक्ता गाेविन्द मरासिनी, युवा नेता दिनानाथ भट्टराई तथा केदार भुसाल, प्राचार्य गीता बन्जाडे, समाजसेवी शाेभाकर पाैडेल, समाजसेवी कृष्ण रेग्मी, समाजसेवी वसन्त थापा, समाजसेवी रामप्रसाद भुसालले कार्यविधिकाे विषयमा विचार राखेका थिए ।
सब‌‌ैले विद्यालयकाे चाैतर्फी प्रगति भएकाेमा प्रधानाध्यापक धनिश्वर गाैतमकाे सफल नेतृत्व, शिक्षक साथीहरुकाे अथक प्रयास तथा व्यवस्थापन समितिकाे याेजनाप्रति खुसी व्यक्त गर्दै केही अभावग्रस्त जेहेन्दार छात्रछात्राहरुलाई सबै खर्च व्यहाेर्ने र अरुलाई जाडाेबाट बचाउन स्वीटर वितरण गर्न सुझाएका थिए ।
समतलीय बसाई व्यवस्थापनमा आयाेजना गरिएकाे साे कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष डाेरमणि पाेखरेलले अध्यक्षता, बलराम न्याैपानेले स्वागत र प्राधानाध्यापक धनिश्वर गाैतमकाे सन्चालनमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा ५० जनाकाे उपस्थिति थियाे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %