बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ज्ञवाली सर्वसम्मत
बुटवल । बुटवलबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली सर्वसम्मत भएका छन। ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्य समिति सर्वसम्मत चएन भएको हो । मनोनयनमा दिएका निर्बतमान अध्यक्ष पृथबहादुर फौदारले उम्मेदवारी फिर्ता गरेसंगै सर्वसम्मत नेतृत्व चएन भएको निर्वाचन संयोजक बुद्ध बहादुर थापाले बताए।
उपाध्यक्षमा गोपाल ज्ञवाली,सचिबमा तिर्थराज पंगेनी,कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ,सहसचिबमा जेबी गुरुङ तथा सदस्यहरुमा कमला काफ्ले,जगत पौडेल,ऋषिराम काफ्ले,दुर्गा नेपाल,रणबहादुर खनाल,रामबहादुर थापा,डोलराज बस्याल,घनश्याम तिवारी निर्वाचित भएका छन।
शान्तिका लागि संचार अभियानद्वारा संचालित बुद्ध सामुदायिक टेलिभिजनको १३ औं साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको हो।
उद्घाटन सत्र नेपाली कांग्रेसका नेता ,प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा सस्थाका सरोकारवाला ब्याक्तिहरु,बिभिन्न राजनीतिक दलका प्रतिनिधि,सरकारी निकायका अधिकारीहरु, जनप्रतिनिधि, टेलिभिजनका संचालन सदस्य,मिडियाकर्मीहरुको सहभागिता रहेको थियो।

लेखकको सम्वन्धमा