कामना सेवा विकास बैंकले दियो देबदह आदर्श बहुमुखी क्याम्पसलाई अग्नीरोधक साधन र डस्टविन

कामना सेवा विकास बैंकले दियो देबदह आदर्श बहुमुखी क्याम्पसलाई अग्नीरोधक साधन र डस्टविन
0 0
Read Time:2 Minute, 7 Second

बुटवल । कामना सेवा विकास बैंकले देवदह स्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई अग्नीरोधक साधन र डस्टबिन वितरण गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल रिजनको खैरेनी शाखा मार्फत देवदह ५ शित्तलनगर स्थित देवदह आदर्श बहुमुखी क्याम्पसलाई शुक्रबार एक कार्यक्रमका बिच ३ थान अग्निरोधक साधन (Fire Extinguisher) तथा ५ थान डस्टविन हस्तान्तरण गरेको हो।
भविष्यमा हुन सक्ने सम्भावित आगजनीलाई तुरुन्त नियन्त्रण गर्न सकियोस साथै क्याम्पस वरपरको फोहोर व्यवस्थापन तथा वातावरण सफा र स्वच्छ रहोस् भन्ने उद्देश्यका साथ डस्टविन प्रदान गरिएको बैंकले जनाएको छ।
उक्त सामाग्रीहरु बैंक तर्फबाट कोटिहवा कलस्टर प्रमुख रवि पौडेलले क्याम्पस प्रमुख मित्रलाल न्यौपानेलाई हस्तान्तरण गरेका थिए।
यससँगै बैंकका कलस्टर प्रमुखले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका थिए। क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारीले बैंक ब्यवस्थापनलाई धन्यबाद ब्यक्त गरेका थिए।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख जयकिसन अधिकारी, शिक्षक हरि ढुंगाना, होमनाथ शर्मा, खेमानन्द ज्ञवाली लगायत अन्य शिक्षकहरु साथै बैंकको तर्फबाट शाखा इन्चार्ज सहित बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %