साउनभर समृद्धिका सेवामा विशेष छुट,साउने सक्रान्तीको अवसरमा निशुल्क मेहेन्दी लगाइयो

साउनभर समृद्धिका सेवामा विशेष छुट,साउने सक्रान्तीको अवसरमा निशुल्क मेहेन्दी लगाइयो
0 0
Read Time:4 Minute, 49 Second

बुटवल । यस क्षेत्रकै चर्चित समृद्धि हेयर ड्र्सिङ सलोन एण्ड एकेडेमीले साउने सक्रान्तीको अवसरमा निशुल्क मेहेन्दी लगाईदीने कार्यक्रम एव सेवा छुट शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ।
बुटवल अमरपथ सिंह कम्प्लेक्समा प्रधान कार्यालय रहेको समृद्धि हेयर ड्र्सिङ सलोन एण्ड एकेडेमीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै निशुल्क मेहेन्दी लगाउदै सेवा छुटको बारेमा जानकारी गराएको हो।
कार्यक्रममा बोल्दै समृद्धि हेयर ड्र्सिङ सलोन एण्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले हुने खानेले जतिबेला पनि मेहेन्दी लगाउन सक्ने भएपनी नहुने पनि बञ्चित हुन नपरोस भनेर निशुल्क मेहेन्दी लगाउने कार्यक्रम राखिएको बताए।
उनले साउने सक्रान्तिबाट निशुल्क मेहेन्दी लगाउने कार्यक्रम सहित साउन महिनाभर समृद्धि हेयर ड्र्सिङ सलोन एण्ड एकेडेमीबाट प्रदान गरिने सेवामा विषेश छुट दिएको बताए। सबैसंग लाग्ने खर्च गर्ने नहुदा सेवाबाट बञ्चित हुन नपरोस भनेर सेवामा छुट प्रदान गर्ने बताउदै सम्पुर्ण शाखाहरुबाट सेवा प्रदान गरिने बताए। उनले आफुले यो ब्यवसाय शुरु गरेको सात वर्ष पुगेको अवसरमा छुट प्रदान गर्ने निर्णय गरेको बताए।
कपालको लम्बाई जति सुकै लामो भएपनी केराटिन ट्रीटमेन्ट मात्र ४५ सयमा , हाईड्रा फेसियल मात्र २२ सयमा र अन्य सम्पूर्ण सेवामा २०-३० प्रतिशसम्म छुटको ब्यवस्थापन गरिने बताए। उनले छुट प्रदान गरेपनि गुणस्तर कम नहुने प्रतिबद्धता ब्यक्त गर्दै छुटको फाइदा लिन आग्रह गरे।
बाईट..
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा अर्यालले रोजगारमुलक ब्यवसाय सञ्चालन गरि रोजगारी प्रदान एव नया जनशक्ति उत्पादन गरेकोमा धन्यवाद दिईन।पहिले तिउरिको फुलको प्रयोग गरेर मेहेन्दी लगाउने गरेको स्मरण गर्दै उनले अहिले मेहेन्दीको प्रचलन बढेको बताईन। साउन महिनामा पहेलो र हरियो रंगमा सामाग्रीहरुको प्रयोग हुँदै आएको बताउदै यसको सामाजिक एव धार्मिक महत्व समेत रहेको बताईन। उनले आवश्यक सहकार्य गर्न बुटवल उपमहानगरपालिका तयार रहेको बताउदै ब्यवसायिक सफलताको शुभकामना दिइन।


समृद्धि हेयर ड्र्सिङ सलोन एण्ड एकेडेमी जितपुर शाखा सञ्चालक सन्ध्या पाण्डे न्यौपानेले सबै शाखाहरुमा सेवामा बिशेष छुट प्रदान गरिने बताउदै छुटको नाममा गुणस्तरमा सम्झौता नगरिने प्रतिबद्धता ब्यक्त गरिन।
कार्यक्रममा सञ्चारीका समूह लुम्बिनी अध्यक्ष अमृता अनमोल,सामाजिक अभियन्ता देबि वाग्ले,रेडियो मुक्तिका अध्यक्ष दिपु पोखरेल,एडभोकेसी फोरमकि अधिवक्ता ईन्दिरा आचार्य,सञ्चारीका समूह रुपन्देही अध्यक्ष निरु गौतम, अस्मिना पाण्डे लगायतले सस्कृतिको जगेर्ना गर्न राखिएको मेहेन्दी कार्यक्रम प्रभावकारी भएको बताएका थिए।
सात वर्ष अघिदेखि सलोनको क्षेत्रमा परिवर्तन ल्याएका ठाकुरले समृद्धि हेयर ड्र्सिङ सलोन एण्ड एकेडेमी सञ्चालनमा ल्याएका हुन। बुटवल मुख्य कार्यालय रहेको सलोन एण्ड एकेडेमीको पोखरा, मणिग्राम, जितपुर कपिलवस्तु र बर्दघाट गरि ५ शाखा कार्यालय रहेछन। यी शाखामा ५० जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन।साथै एकेडेमी सञ्चालनपछि करिब २ सय बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %