बुटवल औद्योगिक क्षेत्रका उद्योगी टोली ३ जिल्लाको औद्योगिक भ्रमणमा

बुटवल औद्योगिक क्षेत्रका उद्योगी टोली ३ जिल्लाको औद्योगिक भ्रमणमा
0 0
Read Time:5 Minute, 19 Second

बुटवल । बुटवल औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरुको संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघको आयोजनामा उद्योगीहरु ३ दिने औद्योगिक क्षेत्र अध्ययन अवलोकन भ्रमण गरि रुपन्देही फर्केका छन् ।

संघका अध्यक्ष हिरामणी भट्टराईको नेतृत्वमा गएको उद्योगीहरुको टोलीले पाल्या, स्याङग्जा तथा कास्कीका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्नुकासाथै पोखरा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुको अध्ययन भ्रमण गरेको थियो ।

त्यसक्रममा उद्योगीहरुले बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीका पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवर्द्धन र अनुभव साटासाट गरेको संघका अध्यक्ष भट्टराईले बताए।

सो टोलीले बुटवलका उद्योगी तथा बासिन्दाहरुको लगानीमा निमार्ण भैरहेको सेती नदी हाइड्रो पावरको अवलोकन पनि गरेको थियो ।

कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ ।

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्युत गृह बनाउन लागिएको छ । नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धन गरेको छ ।

संघका अध्यक्ष भट्टराईको नेतृत्वमा १८ सदस्यीय टोली पहिलो दिन स्याग्ङजाको भिरकोट नगरपालिका वडा नं. ८ ओकादीमा रहेको ओखती पानी तमु नासा होमस्टेमा पुगेर बास बसेको थियो ।

उद्योगीहरुको टोलीले स्थानिय महिलाहरुले सञ्चालन गरेको होमस्टेका बारेमा छलफल गर्नुकासाथै स्थानिय क्षेत्रहरुको अवलोकन गरेको थियो । ४५ घर गुरुङ वस्ती रहेको सो ठाउमा २०७५ सालमा होमस्टे स्थापना गरि आयआर्जन गर्ने काम सुरु गरिएको होमस्टे समितिका अध्यक्ष मनमाया गुरुङले बताईन ।

भ्रमणको अन्तिम दिन पर्यटकिय नगरी पोखरा पुगेको संघको टोलीले पोखरा औद्योगिक क्षेत्र उद्योग संघसंग अन्तरक्रिया गरेको थियो । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हिरामणी भट्टराईले आफ्नो भ्रमणको मुख्य उद्देश्य अवलोकन गरी अनुभव साटासाट गर्ने रहेको उल्लेख गर्दै आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउन भ्रमणको लागि उद्योगीहरुलाई आग्रह गरे । उनले त्यस अवसरमा पोखराका उद्योगीहरुलाई रुपन्देही र लुम्बिनीको भ्रमणका लागि निम्ता पनि गरे।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले व्यवसायिक अनुभवहरु एक–अर्कालाई सुनाउने, राम्रा र सकारात्मक कुराहरुलाई आगामी दिनमा प्रयोगमा ल्याउन सबैले पहल गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहाकार उद्योगी ज्ञानेन्द्र कशजुले उद्योगीहरुका समस्याका बारेमा राज्यलाई दवाव दिन उद्योगीहरुवीचको एकता नै जरुरी रहेको बताउदै साना उद्योगीहरुको कुरा कसैले नगरिदिएको धारणा राखे ।

त्यस अवसरमा टोलीले पोखरा औद्योगिक क्षेत्रमा रहेको नेपाल कै ठूलो डेरी उद्योग सुजल डेरी, माछापुच्छ«े इन्जीनियरिङ वर्कस, रत्न इन्जीनियरिङ वर्कसलगायतका उद्योगहरुको अवलोकन गरेको थियो ।

भ्रमण टोलीका संयोजक यादव भण्डारीका अनुसार ३ दिवशीय भ्रमणले आन्तरिक पर्यटन प्रबर्द्धन तथा औद्योगिक उत्पादनको अध्ययन अवलोकन गर्ने राम्रो अवसर दिनुकासाथै भ्रमणबाट आन्तरिक सहकार्यमा बल प्राप्त भएको अनुभव सबै उद्योगीले गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %