वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण

वेल्टेन प्रोफेसनलको उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे प्रशिक्षण
0 0
Read Time:3 Minute, 49 Second

भैरहवा । वेल्टेन कस्मेटिक इन्डस्ट्रिज प्रा.लि.द्वारा सञ्चालित वेल्टेन प्रोफेसनलका उत्पादन तथा आधुनिक सौन्दर्य प्रविधिबारे जानकारी गराउने उद्देश्यले भैरहवा र पोखरामा एकदिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

सौन्दर्य व्यवसायमा आबद्ध पेशाकर्मी तथा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा भैरहवामा ४५० जना र पोखरामा ३०० जना गरी कुल ७५० जनाको सहभागिता रहेको थियो।

भैरहवास्थित सिद्धार्थ विलासा होटल तथा पोखरास्थित पौवा होटलमा आयोजना गरिएको कार्यक्रममा वेल्टेन प्रोफेसनलका विभिन्न उत्पादन, तिनका विशेषता, प्रयोग विधि तथा सौन्दर्य व्यवसायमा उत्पादनको प्रभावकारी प्रयोगका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा विष्णु प्रसाद घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। त्यस अवसरमा वेल्टेन प्रोफेसनलका उत्पादनसँगै सौन्दर्य क्षेत्रमा विकसित भइरहेका नयाँ प्रविधि तथा अभ्यासबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा विशेष प्रशिक्षण प्रदान गरिएको थियो। विशेषज्ञले उत्पादनको सही प्रयोग, आधुनिक सौन्दर्य प्रविधि, व्यावसायिक अभ्यास तथा ग्राहकलाई प्रभावकारी सेवा प्रदान गर्ने विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

वेल्टेन कस्मेटिक इन्डस्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक कृष्ण प्रसाद प्रसाईंले सौन्दर्य व्यवसायलाई थप व्यावसायिक, आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले वेल्टेन प्रोफेसनलका उत्पादनबारे प्रयोगकर्तालाई प्रत्यक्ष जानकारी तथा व्यावहारिक प्रशिक्षण उपलब्ध गराउनु कम्पनीको प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्नुभयो।

प्रबन्ध निर्देशक प्रसाईंका अनुसार कम्पनीले देशका विभिन्न स्थानमा यस्ता प्रशिक्षण तथा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सौन्दर्य क्षेत्रमा आबद्ध पेशाकर्मीको सीप तथा ज्ञान अभिवृद्धि गर्दै गुणस्तरीय उत्पादनको सही प्रयोगबारे जानकारी प्रदान गर्ने उद्देश्यले आगामी दिनमा पनि देशका विभिन्न शहरमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

भैरहवा र पोखरामा सम्पन्न कार्यक्रमले वेल्टेन प्रोफेसनलका उत्पादन, आधुनिक सौन्दर्य प्रविधि तथा व्यावसायिक सेवाबारे सहभागीहरूलाई प्रत्यक्ष रूपमा जानकारी र प्रशिक्षण प्राप्त गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %