बुटवलमा प्रदेश स्तरीय कोडिङ, गेम डेभलपमेन्ट तथा एनिमेसन प्रतियोगिता सम्पन्न

बुटवलमा प्रदेश स्तरीय कोडिङ, गेम डेभलपमेन्ट तथा एनिमेसन प्रतियोगिता सम्पन्न
0 0
Read Time:3 Minute, 32 Second

बुटवल । सूचना प्रविधि क्षेत्रमा विद्यार्थीको रुचि र सीप विकास गर्ने उद्देश्यले बुटवलमा “प्रदेश स्तरीय कोडिङ, गेम डेभलपमेन्ट तथा एनिमेसन प्रतियोगिता–३.०” सम्पन्न भएको छ ।

पहिलो पाईला नेपाल, बुटवल शाखाको आयोजनामा भएको प्रतियोगिता बुटवलको देवीनगरस्थित गर्गी एकेडेमीमा भएको थियो । डिजी स्कुल लुम्बिनी, स्मार्ट आईटी सोलुसन लगायतका संस्थाहरूको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा एनिमेसन, पाइथन कोडिङ र गेम क्रिएसन गरी तीन विधामा विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो । प्रदेशभरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले सूचना प्रविधिको युगमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग अत्यन्त महत्त्वपूर्ण रहेको बताए। उनले बुटवल उपमहानगरपालिकाले सूचना प्रविधिको प्रयोगलाई आत्मसात गर्दै यस क्षेत्रका लागि बजेटसमेत विनियोजन गरेको जानकारी दिए।
विद्यालयस्तरमा सूचना प्रविधिको प्रयोग बढाउने सन्दर्भमा बुटवल उपमहानगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ थियो।

त्यसैगरी डिजी स्कुल लुम्बिनीका एकेडेमिक हेड बद्री पोखरेलले विद्यार्थीले सिकेका कुरालाई व्यवहारिक सीपमा रूपान्तरण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए।
उनले भविष्यमा विद्यार्थीले के–कस्ता सीप सिके र व्यवहारिक ज्ञान कस्तो छ भन्ने आधारमा मूल्यांकन हुने भएकाले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए। उनले डिजी स्कुलले युकेमा विकसित करिकुलमलाई यहाँ व्यवस्थापन गर्दै व्यवहारिक सिकाइमा आधारित पाठ्यक्रम निर्माण गर्ने काम गरिरहेको जानकारी दिए।

कार्यक्रममा पहिलो पाईला नेपाल बुटवल शाखाका अध्यक्ष गोमा भट्टराई,निवर्तमान अध्यक्ष सन्तोष बञ्जाडे, सचिव रुद्र प्रसाद खनाल, उपाध्यक्ष गौरव खनाल लगायतले बोल्दै प्रविधिमैत्री शिक्षाको आवश्यकता औँल्याउँदै यस्ता कार्यलाई अघि बढाउनस सुझाब दिएका थिए ।

यसैबिच बुटवल सुख्खानगरमा रहेको क्यानन माविमा डिजी स्कुल लुम्बिनीले सञ्चालनमा ल्याएको शैक्षिक करिकुलमको आधारमा व्यवहारीक सिप सिकेका बिद्यार्थीहरुले बिभिन्न रोबटिकहरुको प्रदर्शन गरेको लेखनाथ पन्तले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %