हावाको भरमा राजनीति चल्दैन, दीर्घकालीन नेतृत्व गगन थापाकै हो’ : प्रवक्ता देवराज चालिसे

हावाको भरमा राजनीति चल्दैन, दीर्घकालीन नेतृत्व गगन थापाकै हो’ :  प्रवक्ता देवराज चालिसे
0 0
Read Time:5 Minute, 59 Second

वुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको भविश्य जोगाउन सक्ने बताए । आसन्न फागुन २१ को निर्वाचन देश बचाँउने की सक्काउने बिच भएको दाबी गरे ।
‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनुपर्नेछ ,त्यसका लागि कांग्रेसको विकल्प नै छैन ,देशको भविष्य कांग्रेससँग जोडिएको छ ।’ उनले भने । नेपाली कांग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जेनजीसहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उनको भनाइ थियो ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा रुपन्देही क्षेत्र न २ को बुटवलमा बुद्धिजीवीसंग नेपाली कांग्रेस अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै चालिसेले पार्टीले वर्तमानको समीक्षा गर्दै भरपर्दो भविष्य लिएर जनतामा गएको बताए ।
सुधारिएको कांग्रेसले देश पनि बदल्ने भन्दै उहाले देश र जनमैत्री प्रशासनका विषयवस्तु कांग्रेसले अगाडि सारेको बताए । अहिले अल्गोरिदमले सामाजिक सञ्जाल क्याप्चर गरेको भन्दै सामाजिक सञ्जालका सबैकुरा तथ्यपरक नहुने भन्दै त्यसलाइ जस्ताको तस्तै पत्याउन नहुने धारणा राखे । उनले भने– ‘अहिले चलेको हावाको कुनै भविश्य छैन,शरिरभरी दागै दाग र मुद्ध्रैमुद्धा बोकेका मान्छेले सुशासनका कुरा गरेर चिच्चाउनुको अर्थ रहदैन ,बाटोमा देखिने भीड र सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा धेरै फरक हुन्छ,यसपटक देश सम्झेर सिरियस्ली ढंगले रुखमा मत दिनुपर्छ ’ ।
प्रवक्ता चालिसेले सुधारिएको कांग्रेसबाट जनताले गरेको अपेक्षालाई कसरी सम्बोधन गर्दै सच्चिनु र सुध्रिनु पर्छ भनेर पार्टी अगाडि बढेको स्मरण गर्दै जनतालाइ कांग्रेसले गरेका प्रतिज्ञापत्र बुझाउन जरुरी रहेको बताए ।
प्रवक्ता चालिसेले कांग्रेसका उम्मेदवार घरदैलोमा पुग्दा आम कार्यकर्ता र जनतामा आएको उत्साहले हौसला र प्रेरणा मिलिरहेको भन्दै उनले देशभर ठूलो सङ्ख्यामा कांग्रेस प्रवेश गर्ने लहर बढ्दै गएको बताए ।
प्रवक्ता चालिसेले कांग्रेसले क्लियर भिजनसहित सभापति गगन थापालाइ प्रधानमन्त्री बनाउने र देशको अर्थतन्त्र सुधारेर आवश्यक नीति बदल्दै जनतालाई सेवासुविधा सहज दिने गरि काम गर्ने बताए ।
चालिसेले गगन थापासंग अरु कसैको तुलना हुन नसक्ने भन्दै उहाँले नयाँ भनिएकाहरुले रातीमा स्टाटस लेख्ने,जनतालाइ ठग्दै हिड्ने बाहेक कुनै काम गर्न नसकेको आरोप लगाए ।
भर्खरै पालिकाहरुको कार्यसम्पादनमा सबैभन्दा कमजोर रिजल्ट ल्याएका काठमाडौका तत्कालिन मेयरलाइ देशको प्रधानमन्त्री बनाए देशपनि कार्यसम्पादनमा सबैभन्दा कमजोर हुने र देशनै सक्किने उनको दाबी छ ।
फरक प्रशंगमा उनले अहिले भेलुबाजे भन्ने पनि बाँचेको भए रास्वपाबाट चुनाव लड्न टिकट पाउथे,अरु योगदान चाहिएन,उनी पनि सामाजिक सञ्जालतिर लोकप्रिय नै थिए भन्दै टीप्पणी गरे । उनले सो पार्टीबाट टिकट पाएकाहरुको कुनै राजनैतिक इतिहास र धरातल नभएको समेत आरोप लगाए ।
कांग्रेस प्रवक्ता चालिसेले भदौ २३ को गोली र २४ गतेको आगो यी दुबै अतिबादको बिरुद्धमा रहेको स्मरण गराउदै अब देश सम्हालेर नेतृत्व गर्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य प्रतिमा गौतम,रामबहादुर कार्की,नेवि संघ अध्यक्ष दुजाङ शेर्पा,रुपन्देही क्षेत्र न २ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल,समानुपातिक उम्मेदवार रिता सेन ओली,गंगा शाही,प्रदेश कोषाध्यक्ष प्रकाश राना,कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण,युवा नेता अमृत ज्ञवाली,नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरि,डा।बुद्ध बहादुर थापा,भोजबहादुर केसी लगायतले बोल्दै बदलिएको सन्देशसहित कांग्रेस घरघरमा पुगेर जनतालाइ जगाउनुपर्ने बताए ।
कार्यक्रममा बुटवल ११ निवासी नेकपा एमालेका पार्टी सदस्य,निबृत्त राष्ट्र सेवक सनत कुमार श्रेष्ठ लगायत का्रग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा ५ सय जनाको सहभागिता रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %