लुम्बिनीमा २५ क्षेत्रमा उमेदवार उठाउँदै जनमोर्चा, कहाँ को ?
बुटवल । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका सबै जिल्लाका २५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उमेदवार उठाएको छ ।
पार्टीले सार्वजनिक गरेको सूचनाअनुसार लुम्बिनी प्रदेशका सबै जिल्लामा उमेदवार चयन गरिएको हो । यद्यपि सबै क्षेत्रमा उमेदवार उठाइएको छैन ।
प्युठानबाट तिलक जिसी, अर्घाखाँचीबाट पशुपति ढकाल उमेदवार छन् । दाङका तीनवटै निर्वाचन क्षेत्रमा गणेश आचार्य, मणिराम खनाल र कमला जिसी उमेदवार बनेका छन् ।
रुपन्देहीका पाँचमध्ये चार निर्वाचन क्षेत्रमा मात्रै उमेदवार छन् । जसमा क्षेत्र नम्बर १ मा हरि केसी, २ मा रुकबहादुर पराजुली, ३ मा बद्री आलम र ५ मा जयश्वर रेश्मीलाई उमेदवार बनाइएको छ ।
यस्तै, नवलपरासी (पश्चिम)का दुई निर्वाचन क्षेत्रमा क्रमशः डुण्डीराज पोखेल र सम्झना पौडेल उमेदवार छन् ।
त्यसैगरी, कपिलवस्तुका तीन निर्वाचन क्षेत्रमा १, २ र ३ मा क्रमशः माधव भाट क्षेत्री, लक्ष्मी शर्मा र केयरसिंह अदै उमेदवार बनेका छन् ।
गुल्मीका दुई क्षेत्रमा शेरबहादुर थापा र लालबहादुर थापा उमेदवार छन् ।
जनमोर्चाले बाँकेका तीन निर्वाचन क्षेत्रमा क्रमशः पूर्णकला भण्डारी, जगदीश ढकाल र तुलसी सापकोटालाई राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ अघि सारेको छ ।
बर्दिया क्षेत्र नम्बर १ मा लोकबहादुर राना र २ मा रतनसिंह रावत, पाल्पामा १ मा नरमति सिंजाली र २ मा विशाल दर्लामी, रोल्पामा मेघनाथ विष्ट र रुकुमपूर्वमा लक्ष्मी श्रेष्ठलाई उमेदवार बनाइएको छ ।
राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा उठाइएका उमेदवारहरू राजनीतिक इमानदारिता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्ध व्यक्तित्व भएको दाबी गरेको छ ।

लेखकको सम्वन्धमा