पूर्वप्रधानमन्त्री शाहका छोरा यज्ञजितले छोडे एमाले

पूर्वप्रधानमन्त्री शाहका छोरा यज्ञजितले छोडे एमाले
0 0
Read Time:1 Minute, 23 Second

बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उमेदवारी चयनमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।

रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उमेदवार बनाएपछि यज्ञजित असन्तुष्ट बनेका थिए । यसअघि, उपचुनावमा पनि उनी आकांक्षी थिए । कांग्रेस र मधेसवादी दल हुँदै नौ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर उनी एमाले प्रवेश गरेका थिए ।

कुनै अवसर नपाएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । सबै पार्टीमा उपनिर्वाचनका आकांक्षीबाटै उमेदवार छानिँदा आफू भने नपरेको भन्दै पार्टीमा बस्नुको कुनै औचित्य नभएको उनको भनाइ छ ।

शाहले पार्टीमा अवसरवादी धेरै रहेकाले बस्न औचित्य नभएको बताएका छन् । ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका यज्ञजित त्यसयता ०४३ सालदेखि उमेदवार बन्दै आएका थिए । कांग्रेसबाट उनी पटकपटक पराजित भएका थिए । एकपटक मधेसवादी दलबाट निर्वाचित भएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %