आज राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै

आज राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाईदै
0 0
Read Time:2 Minute, 45 Second

काठमाडौं । आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित १३औ टोपी दिवश मनाउन लागिएको हो।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन्।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन्। यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बिगतका बर्षहरुमा झै यो बर्ष पनि बिशेष कार्यक्रम सहित १३औं राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउने जानकारी दिएको छ । आज बिहान ८ बजेदेखि पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गर्ने प्रतिष्ठानले जनाएको छ । त्यस्तै आज दिउँसो २ बजेदेखि ५ बजेसम्म नेपाल पर्यटन बोर्डको सभाहलमा देशला विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %