औद्योगिक प्रदर्शनीमा बुटवलको छड्के अनुगमनमा देखिएन खोट, सामाजिक सन्जालले तान्यो विदेशी पर्यटकको ध्यान

औद्योगिक प्रदर्शनीमा बुटवलको छड्के अनुगमनमा देखिएन खोट, सामाजिक सन्जालले तान्यो विदेशी पर्यटकको ध्यान
0 0
Read Time:3 Minute, 3 Second

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको दशौं दिन आइतबार बुटवल उपमहानगरपालिकाले छड्के अनुगमन गरेको छ । प्रदर्शनी तथा मेलामहोत्सवहरुमा मिति नाघेका वस्तुको विक्रीवितरण हुने, अखाद्य वस्तुको मिसावटमा खाद्यपदार्थ बेचिने हुनसक्ने विषयलाई ध्यानमा राखेर उपमहानगरले छड्के अनुगमन गरेको थियो ।

उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालको नेतृत्वमा आएको अनुगमन टोलीले प्रदर्शनीमा रहेका कुनैपनि स्टलहरुमा मिति नाघेका वस्तु तथा होटलहरुमा अखाद्य वस्तु नभेटिएको हो । ‘म जिम्मेवारीमा आएपछि तीन वटा यस्ता प्रदर्शनी महोत्सवको अनुगमन गरेँ तर अहिलेजस्तो व्यवस्थित पहिलेकोमा थिएन, दुई होटलमा अलिकति सरसफाईका लागि अनुगमन टोलीले सचेत गराएका छौं, हामीले २ घन्टा लगाएर अधिकांश स्टलहरुमा पुगेर अनुगमन गरेका हौं, टोलीमा नियमित अनुगमनमा हिंड्ने उपमहानगरका सदस्यहरु थियौं, यस्तो प्रदर्शनी र महोत्सवहरुमा स्टलधनीलाई आयोजकले नै कडाई गर्नुपर्दछ’उनले भनिन ।

रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष तथा स्टल अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले उपमहानगरको अनुगमन टोलीसँग साक्षीको रुपमा सबै स्टालमा पुगेको तर टोलीले दुई स्टलमा सामान्य सरसफाईबारे सचेत गराउनुबाहेकका कुनै कमजोरी नभेटाएको जानकारी दिए ।

आइतबार प्रदर्शनी स्थलमा स्वदेशसँगै विदेशी अवलोकनकर्ता पनि आएपछि आयोजकलाई हौसला बढेको अध्यक्ष कृष्ण पराजुलीले बताउनुभयो । सामाजिक सन्जालमा राखेको सूचनाका आधारमा भुटानबाट लुम्बिनी घुम्न आएका तीन दर्जन पर्यटक प्रदर्शनी स्थल आएको प्रचार प्रसार संयोजक किरण खरेल बताए। पर्यटन उपसमितिका संयोजक टंकनारायण आचार्यका अनुसार यहाँ आएका पर्यटकलाई टोलीले लुम्बिनी घुमाउन लगेको समयमा भुटानबाट त्यहाँ आएका पर्यटकहरुको ठूलो टीमले त्यहाँका पर्यटन व्यवसायीसँगको समन्वयमा प्रदर्शनी अवलोकनको रुची राखेपछि ल्याउने व्यवस्था मिलाइएको हो ।

आइतबार नै संस्थागत रुपमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र देवदह व्यापार संघका अध्यक्ष माधव ढकालको नेतृत्वमा आएको टोलीलाई सम्मान गरिएको अतिथि सत्कार उपसमितिका संयोजक शारदा भट्टराईले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %