सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना

सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
0 0
Read Time:3 Minute, 19 Second

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीको पहलमा लुम्बिनी प्रदेशका विभिन्न बाल सुधार गृहमा रहेका करिब ५०० कानुनी विवादमा परेका बालबालिकालाई पुस्तक वितरण तथा सकारात्मक सोचसम्बन्धी तालिम प्रदान गरिएको छ।

रुपन्देहीको बाल सुधार गृहमा आयोजित कार्यक्रममा बाल सुधार गृह रुपन्देहीका १०४ जना, जयन्दु बाल सुधार गृह बाकेका १९६ जना, र नौबस्ता बाल सुधार गृहका १६८ जना बालबालिकाले सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको गिरिले बालबालिकालाई सकारात्मक सोच र जीवन परिवर्तनको आधारभूत सूत्रहरूबारे प्रशिक्षण दिएकि थिइन।” तपाईं आफ्नो जिवनको खराब समय चलेको बेला कानुनी बिबादमा पर्नु भयो सधै तपाईंको जिवनमा खराब समय चल्दैन, यहाँको बसाईलाई जिवन उपयोगी समयमा बदल्नुस, आफ्नो मुद्दा हेरेको वकिल कुन हो? मुद्दा कहाँ पुगेको छ त्यसको बिषयमा चासो राख्नुस।”सबैको जिवनमा एक समय उज्यालो आउँछ र संगै अँध्यारो पनि”

सांसद गिरीको पहलमा लुम्बिनीमा हालसम्म तीन वटा बाल सुधार गृहमा बाल पुस्तकालय स्थापना भइसकेको छ। पुस्तकालय स्थापना र तालिममार्फत सुधार गृहमा रहेका बालबालिकाको मनोबल अभिवृद्धि गर्ने उद्देश्य लिइएको सांसद गिरीले बताईन।

रुपन्देही बाल सुधार गृहमा आयोजित कार्यक्रममा निमित्त कार्यालय प्रमुख बोधराज आचार्यको अध्यक्षता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशका भूप बहादुर मल्लले राखेका थिए भने बिशिस्ट अतिथिका रूपमा रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटा उपस्थित थिए। कार्यक्रमको सञ्चालन गंगाधर पाण्डेले गरेका थिए।

कार्यक्रममा सहभागी बालबालिकाले पुस्तक पढ्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए। सकारात्मक सोचको तालिमले आफूहरूमा जीवनप्रति नयाँ आशा जागेको उनीहरूको भनाइ थियो।

लुम्बिनी प्रदेशले आउदो बजेटमा सुधार गृह तथा कारागारमा रहेका ब्यक्तिहरुलाई मागमा आधारित तालिम सन्चालन गर्ने गरि बजेट बिनियोजन गरिएको र आगामी दिनमा अझ धेरै सुधार गृह र बाल आश्रमहरूमा सिपयुक्त कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %