आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
बुटवल । उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम अन्तरगत विभिन्न तालिमहरुको समापन तथा प्रमाणपत्र बितरण गरिएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनमा भएका विभिन्न ५ प्रकारका तालिमको समापन गर्दै प्रमाणपत्र बितरण गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले उपमहानगरले तालिमहरुमा लगानी गर्दा प्रभावकारीतामा ध्यान दिने भएकोले अहिले सीप सिकेका सबै कतै न कतै रोजगारीमा जोडिएमा आगामी वर्षहरुमा थप तालिमहरु उपमहानगरले गराउने बताए ।
उनले नगरभित्रका स्थानीयलाई आत्मनिर्भर बनाउनको लागि उपमहानगरले ५० भन्दा धेरै प्रकारका तालिमहरु गर्दै आईरहेको जानकारी गराउँदै जनशक्ति उत्पादन र रोजगारीमा जोड्ने योजना अनुसार नै कामहरु भईरहेको बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेबी अर्यालले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि बिभिन्न किसिमका कार्यहरु गरिरहेको बताईन् । उनले सीप विकासका तालिम महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलालाई सीप र रोजगारमा जोड्नेगरी बुटवलले काम गरिरहेको बताईन ।
आर्थिक एवं समाज कल्याण महासाखा प्रमुख तुल्सा अर्यालले सीप विकासका तालिम महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलालाई सीप र रोजगारमा जोड्नेगरी बुटवलले काम गरिरहेको बताईन ।
४५ दिने जेष्ठ नागरिक केयर गिभर तालिम र आधारभुत ब्युटिसियन तथा १ महिने तालिमहरु मन्टेस्वरी, एडभान्स फेसन डिजाईन र एडभान्स सिलाईकटाई तालिम सञ्चाल भएका थिए। यी ५ तालिममा १२५ जना सहभागी भएको उपमहानरले जनाएको छ ।

लेखकको सम्वन्धमा