कपिलवस्तुमा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, एक गम्भीर घाइते
Read Time:1 Minute, 5 Second
चन्द्रौटा। कपिलवस्तुमा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिल्लाको विजयनगर गाउँपालिका–२, उक्ठहवा बस्ने अन्दाजी २० वर्षीय श्यामलाल कोरीको बिहीबार मृत्यु भएको हो।
प्रहरीका अनुसार हुलाकी सडक खण्डको गुगौलीमा तीव्र गतिका कारण लु ३ त ४७९७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकको डिभाइडरमा बिहीबार ठोकिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार गम्भीर घाइते भएका कोरीको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा बिहीबार मृत्यु भएको हो। चालक राजेश गुप्ता र ट्र्याक्टरमा सवार श्यामलाल कोरी गम्भीर घाइते भएका छन्। ट्र्याक्टर चालक राजेश गुप्ताको उपचार भइरहेको जनाइएको छ।

लेखकको सम्वन्धमा