गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग

गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग
0 0
Read Time:2 Minute, 19 Second

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागी सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

उद्घाटन भएको ३ वर्ष बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन नसक्नु यस क्षेत्रका लागि दुःखद र पिडादायी रहेको उल्लेख गर्दै उनले शीघ्र अन्तर्राष्ट्रिय उडान नियमित गराउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् ।

‘विमानस्थल निर्माणका लागि यहाँका नगरवासीले आफ्नो पुर्खौली थातथलो समेत छाडेर जग्गा दिएका थिए । समयमै निर्माण सम्पन्न गर्नका लागि पनि यस क्षेत्रका बासिन्दाले गरेको सहजीकरण महत्त्वपूर्ण रहेको छ,’ पत्रमा भनिएको छ, ‘निर्माण सम्पन्न पछि पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका नगरवासी, बुद्धिजीवी, उद्योगी–व्यापारी, पर्यटन लगायत सिङ्गो रुपन्देहीसहित लुम्बिनी प्रदेशसमेत प्रभावित भएको छ ।’

नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेको विमानस्थललाई अझै व्यवस्थित गरी पूर्ण क्षमतामा चलाएर यो क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा सरकारले ८ महिना पहिला विमानस्थल सञ्चालन गर्नका लागि गरेका निर्णयहरू पनि कार्यान्वयन नगरेको उनको आरोप छ ।

उनले अत्यावश्यक कार्यालय पनि नखोल्ने, विमान कम्पनीलाई दिने भनिएको छुट सुविधा पनि नदिने जस्ता काम सरकारबाट भएको भन्दै यहाँको सिङ्गो निजी क्षेत्र आक्रोशित बनेको बताएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %