चैत्र २३ र २४ भैरहवामा समाजवादी विद्यार्थी युनियनको महाधिवेशन

0 0
Read Time:4 Minute, 19 Second

भैरहवा । जनता समाजबादी पार्टी निकट समाजबादी विद्यार्थी युनियन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन रुपन्देहीको भैरहवामा चैत्र २३ र २४ गते आयोजना हुने भएको छ । उक्त विद्यार्थी संगठनले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरेर महाधिवेशनबारे जानकारी गराएको हो ।

प्रथम राष्ट्रिय महाधिवेशन आयोजक समिति संयोजक रमेश यादवका अनुसार जनता समाजबादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने उक्त महाधिवेशनमा मुलुकभरबाट ७ सय प्रतिनिधि, एक सय परिवेक्षक र स्वयंसेवक सहभागी हुनेछन् । ‘यतिवेला विद्यार्थी आन्दोलन कुहिरो भित्र हराएको कागझै दिशा विहीन बनेको छ,’ संयोजक यादवले भने, ‘यस्तो अवस्थालाई नयाँ शिरावाट नेतृत्व गरि नयाँ दिशा दिन समेत हाम्रो महाधिवेशनको महत्वपूर्ण छ ।’

महाधिवेशनले मौलिकता, संघीयता र रैथाने सामाजिक परिवेशसँग जोड्न, ‘संघीय समाजवादी शिक्षा प्रणाली’लाई शैक्षिक मुद्दाको रुपमा र सामाजिक न्याय, समानता, पहिचानमा अधारिता राज्य संरचना र गणतन्त्र एवं धर्म निरिपेक्षताको विषयहरुलाई राजनीतिक मुद्दा अगाडि सारेको उनले बताए ।

संगठनले मुलुकमा राजतन्त्र आवश्यक नरहेको जनाएको छ । मधेशी, आदिवासी जनजाती, दलित, मुस्लिम, महिला, मजदुर, किशान, विद्यार्थी, पिछडा वर्ग र सिमान्कृत साथै आम न्यायप्रेमी जनताको हितमा राजतन्त्र नरहेको उक्त विद्यार्थी संगठनको ठहर छ । ‘राजतन्त्र सहिदहरुको सपनाको विपक्षमा छ, तपाईं विचारको खेति गर्ने कलमजीवी पत्रकारको विपक्षमा छ,’ संयोजक यादवले भने, ‘तसर्थ सहिदहरुको सपनाको रक्षा गर्दै, आम नेपालीको बलिदानीपूर्ण आन्दोलन बाट स्थापित गणतन्त्रको पक्षमा निडरतापूर्ण उभिन तमाम विद्यार्थी तथा न्यायप्रेमी जनतामा अपिल गर्दछौं ।’

सहसंयोजक संजय राईले महाधिवेशनले नेपाली विद्यार्थी राजनीतिमा नयाँ तरंग ल्याउने जनाए । मुलुकमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने जनाउँदै केही व्यक्तिको पकडमा रहेको शिक्षा र स्वास्थ्यलाई बाहिर ल्याउनु पर्ने जनाए । शिक्षालाई शान्ति क्षेत्र घोषणा गरिए पनि विद्यार्थी राजनीतिलाई रोक्न नहुने जनाउँदै उनले यसका लागि आफूहरुले काम गर्ने बताए । आमविद्यार्थीको भरोसायोग्य संगठन भएकाले महाधिवेशनले नयाँ नेतृत्वसँगै आगामी कार्यदिशा तय गर्ने उनले बताए ।

पूर्वसांसद तथा केन्द्रीय सदस्य विदेश्वर यादवले विद्यार्थीको महाधिवेशनले नेपाली विद्यार्थी राजनीतिलाई सही ट्रयाकमा ल्याउने जनाए । सबै नीतिको नेतृत्व राजनीति भएको जनाउँदै पार्टी र विद्यार्थी संगठनले आगामी दिनमा सोहीअनुसारको कार्यदिशा बनाएर अघि बढ्ने जनाए । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य सावित्रा विक, रीता यादव, लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष विद्याप्रसाद यादव, रुपन्देही अध्यक्ष सियाराम यादव लगायत सहभागी थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %