कालीगण्डकी नदिमा २ जना मृत अवस्थामा भेटिए ।
पाल्पा । कालीगण्डकी नदीको पाल्पा क्षेत्रमादुुई जनाव्यक्तिमृतअवस्थामा भेटिएका छन् । कालीगण्डकी नदीको बगनासकालीगाउँपालिकामा२ जनापुरुष मृत भेटिएको जिल्लाप्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिन्धुलीको गोलाचौर गाउँपालिका –६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसिपुर उपमहानगरपालिका–३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी कालीगण्डकी नदिमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवउपरीक्षक सुनिल मल्लले जानकारी दिए । मृत भेटिएका दुुवै जना कालीगण्डकी करिडोर सडक खण्डमा कामगर्दै आएका मजदुर हुन् । मृतक अस्लामी बगनासकाली गाउँपालिका –६ दर्पुकस्थित कालीगण्डकी करिडोर सडक खण्डको अस्थायी क्याम्पमाबसी सोही सडक खण्डमा डोजर अप्रेटरको कामगर्दै आएथिए ।
उनी गत फागुन २६ गते बेलुका खाना खाई साथीहरु सँगै क्याम्पमा सुतेकोमा २७गते बिहान हेर्दा विस्तारामा नभएको र खोजतलास गर्दा ५ दिनपछि शनिबार राती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी नदीमै मृत भेटिएका रास्कोटी नदीको किनारमानुहाउने क्रममा डुबेर बेपत्ताभएकाथिए । उनलाई खोजतलास गर्ने क्रममा घटनास्थलदेखि दुई सय मिटर तलपानीमा मृत अवस्थामा फेलापारिएको प्रहरी नायवउपरीक्षकमल्लले बताए । प्रारम्भिक अनुसन्धानपछि अस्लामीको शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल काठमाडौं र रास्कोटीको शवलाई जिल्ला अस्पताल पठाइएको पाल्पाप्रहरीले जनाएको छ ।

लेखकको सम्वन्धमा