सामाजिक सुरक्षा कोषमा आबद्धले अव राप्ती प्रतिष्ठानबाट विशेषज्ञसहित उपचार पाउने
- लुम्बिनी प्रेस संवाददाता
- पुस २३, २०८१
- 275 Shares
-
Read Time:1 Minute, 10 Second
बुटवल । दाङबाट सामाजिक सुरक्षा कोषमा आबद्ध भएका सबैको उपचार अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको उपचार अव प्रतिष्ठानमा हुने गरी सम्झौता गरिएको बताए । सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूको सामान्य उपचारदेखि अप्रेसनसम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुनेछ ।
सोमबार काठमाडौँमा प्रतिष्ठानका रजिष्ट्रार लम्साल र सामाजिक सुरक्षा कोषका पदाधिकारीबिच दाङबाट सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाहरूको प्रतिष्ठानबाट उपचार हुने गरी सम्झौता भएको हो ।
दाङबाट सामाजिक सुरक्षा कोषमा ५ हजारभन्दा बढी व्यक्ति आबद्ध रहेका छन् ।
प्रतिकृया दिनुहोस्
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

लेखकको सम्वन्धमा