भैरहवाबाट एक महिनामा करिब ५ हजार यात्रुको आवतजावत
- लुम्बिनी प्रेस संवाददाता
- मंसिर २१, २०८१
- 231 Shares
-
Read Time:1 Minute, 3 Second
भैरहवा। विमानस्थलले सार्वजनिक गरेको विवरणअनुसार नोभेम्बर ३ (कार्तिक १८) देखि डिसेम्बर ३ (मङ्सिर १८) सम्म ४ हजार ७७१ यात्रुले अन्तर्राष्ट्रिय गन्तव्यको सेवा लिएका छन् ।
एक महिनामा भैरहवाबाट २ हजार २३८ यात्रु उडेका छन् भने २ हजार ५३३ यात्रु अवतरण गरेका छन् । भैरहवामा एक महिनाको अवधिमा ७८ उडान र ७८ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
एक महिनाको अवधिमा धेरै यात्रु बोक्ने जजिरा एयरवेज बनेको छ । जजिराले ३ हजार ३४ यात्रुलाई भैरहवाबाट सेवा दिएको छ ।
दोस्रो नम्बरमा रहेको फ्लाई दुबईले १ हजार १ सय ३२ यात्रुलाई सेवा दिएको छ । थाई एयर एसियाले ४४७ यात्रुलाई सेवा दिएको तथ्याङ्क छ ।
प्रतिकृया दिनुहोस्
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

लेखकको सम्वन्धमा