कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता

कोख र शोकमा पनि जनताको साथसाथ रहने प्रतिवद्धता
0 0
Read Time:2 Minute, 18 Second

सैनामैना। सैनामैनाका गठबन्धनका उम्मेदवारहरुले मतदाताहरुसंग कोख र शोकको अवस्थामा पनि जनतासंगै रहने प्रतिवद्धता जनाएका छन ।
घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्मा र नेकपा माओवादीका उपप्रमुखका उम्मेदवार मानवहादुर महत (नारायण) ले सैनामैनाका मतदातासमक्ष जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूहरु मतदाताको माझ रहने प्रतिवद्धता जनाउनु भयो ।
नगर प्रमुखका उम्मेदवार फणेन्द्रप्रसाद शर्माले सैनामैनाका जनताका लागि खुसीको बेलाको कोख र दुःखको बेलाको शोकको अवस्थामा पनि संगै रहने प्रतिवद्धता जनाउनु भयो ।
उम्मेदवार शर्माले आफूहरुले मतदातासमक्ष पूरा गर्न नसकिने आश्वासन नबाँड्ने बताउँदै सैनामैनाको जनताको मन मस्तिस्कमा बस्ने सक्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
एमालेको नेतृत्वले सैनामैनाका खोलानाला ध्वस्त बनाएको बताउँदै उहाँले प्राकृतिक श्रोत साधनको दोहन होइन संरक्षण गरिने बताउनु भयो ।
सैनामैनामा कक्षा १२ सम्मको शिक्षा निशुल्क गर्ने प्रतिवद्धता दोहोर्‍याउँदै शर्माले आफूले स्वास्थ्य क्षेत्रबाट पनि केही समय जनताको सेवा गरेकोले सुत्केरी आमाको पीडा कस्तो हुन्छ भन्ने अन्तरह्दयबाटै महसुस गरेकोले उनीहरुलाई पोषणभत्ता उपलव्ध गराउने बताउनु भयो ।
त्यसैगरी सैनामैनाका उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका मानवहादुर महत (नारायण) ले सैनामैना नगरपालिकामा आम सर्वसाधारणको पहुँच पुर्‍याउने र जनताको दुःखमा सधै साथमै रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %