आम्दा ईन्टरनेशनलका अध्यक्ष सुगानामी रुपन्देहीमा, बुटवलको आम्दालाई स्तरउन्नतिका विषयमा छलफल हुने
- लुम्बिनी प्रेस संवाददाता
- अशोज १०, २०७९
- 54 Shares
-

बुटवल । बुटवल उपमहानगरपालिकाको विशेष निमन्त्रणामा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देही आएका छन।
अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन।
बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका अध्यक्षसमेत रहेका प्रमुख पाण्डेयले आम्दा ईन्टरनेशनलले स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले बुटवलले आम्दासँग निरन्तर सहकार्य गर्न चाहेको र बुटवलको अस्पताललाई स्तरोन्नति गर्ने योजनामा रहेको बताए।
आम्दाका अध्यक्ष सुगानामीले बुटवलसँगको सहकार्य निरन्तर अघि बढाउन ईच्छुक रहेको बताए।
सुगानामीको नेतृत्वमा रहेको टोलीमा आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. दिनेश विनोद पोखरेल तथा आम्दा ईन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मी रहेका छन।
करीब ७ वर्षपछि बुटवल आएका अध्यक्ष सुगानामी सोमबार लुम्बिनीमा रहने, मंगलबार लुम्बिनी भ्रमण गर्ने र मंगलबार नै बुटवल उपमहानगरपालिकासँग छलफल कार्यक्रम रहेको आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले जानकारी दिए।
उनले बुटवल उद्योग वाणिज्य संघ, आम्दा अस्पतालको अवलोकन गर्ने र छलफल गर्ने कार्यक्रम रहेको बताए।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा