सिटी नेट सम्मेलनमा सहभागी हुन बुटवलसहित १६ नगरप्रमुख मलेसिया प्रस्थान

सिटी नेट सम्मेलनमा सहभागी हुन बुटवलसहित १६ नगरप्रमुख मलेसिया प्रस्थान
0 0
Read Time:1 Minute, 37 Second

बुटवल । मलेसियामा हुने सिटी नेट सम्मेलनमा सहभागी हुन नेपालका १६ स्थानीय सरकारका प्रमुखहरू मलेसिया प्रस्थान गरेका छन् ।
एक अर्को देशका सांस्कृतिक महत्व बोकेका सम्पदाहरुलाई जोड्ने उदेश्यका साथ सिटी नेटले विभिन्न सञ्जालमार्फत स्थानीय सरकारहरूसँग सहकार्य गर्दै आएको छ ।
विकसित शहरबाट धेरै कुरा सिक्न र एक आपसमा सहकार्य गर्न मदत पुग्ने सम्मेलनमा सहभागी बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा नेपालका बुटवलसहित ललितपुर महानगर, सिद्धार्थनगर, तानसेन नगरपालिकालगायत १६ स्थानीय सरकार प्रमुख सहभागी हुने छन् ।
मलेसियाको क्वालालम्पुरमा ४ दिनसम्म हुने सम्मेलनमा विकसित मुलुकका शहरका प्रमुखहरूका अनुभवबाट लाभ लिने उहाँले बताउनुभयो ।
नेपालको सांस्कृतिक सम्पदाहरुलाई अझ नजिकबाट प्रविधिमार्फत जोड्नुको साथै सिटी नेटले विभिन्न शहरहरुलाई जलवायु परिवर्तन, प्राकृतिक विपत्तिहरुसँग सामाना गर्न, विकासका पूर्वाधारहरु पुर्याउन एउटा शहरले अर्को शहरलाई जोड्न सहयोग गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %