“महिला हिंसा रोक्न महिला नै सक्रिय हुन आवश्यक “

बुटवल। महिला हिंसा रोक्नको लागि महिलाहरू नै सक्रिय हुनु आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन्। महिलाहरू आफै सक्रिय बनेर हिंसाको विरुद्ध बोल्न थाल्नुपर्नेमा जोड दिएका हुन।
मानव अधिकारको लागि महिला,एकल महिला समूह रुपन्देहीको आयोजनामा आयोजित महिला हिंसा सम्बन्धी सरोकारवाला निकायहरूसङ गरिएको छलफलमा बोल्दै सहभागीहरूले विभिन्न क्षेत्रबाट हुने हिंसा रोक्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा देबी अर्यालले महिलामाथि हुने हिंसा हटाउन आग्रह गरेकी छन्। उनले महिलाको अधिकार प्राप्तिको लागि पहिले देखिनै आन्दोलनमा होमिएको बताउँदै यसमा पहल गर्ने बताइन। उनले उपमहानगर भित्र आउने सबै खालका हिंसामा न्याय प्रदान हुने गरी काम गर्ने बताइन। उनले एकल महिलाले अधिकार प्राप्तिको लागि लड्नुपर्ने बताउँदै र एकल महिला अन्य महिला सरह भएकोले एकल महिला भन्दै आफ्नो पहिचान गुमाउन नहुने बताइन।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरक्षक रवीन्द्र रेग्मीले उनले सबै समस्या प्रहरीबाट मात्रै समाधान नहुने बताउँदै उनले जनतासँग नजिकको स्थानीय सरकारले यसमा पहल गर्नुपर्ने बताए। उनले जनप्रतिनिधिले स्थानीय स्तरका समस्याको बारेमा थाहा हुने भएकोले त्यताबाट समाधान नभएमामात्र प्रहरीमा ल्याउन आग्रह गरे।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका कृष्ण प्रसाद बेल्बासेले कार्यालयमा आएका उजुरीको बारेमा बताएका थिए। उनले लैङ्गिक हिंसाकाको परिभाषा, हिंसाका प्रकार लगायतको बारेमा प्रशिक्षण समेत प्रदान गरेका थिए।
मानव अधिकारको लागि महिला,एकल महिला समूह रुपन्देहीका अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षता,लुम्बिनी प्रदेश अध्यक्ष जानकी घिमिरेको स्वागत तथा सचिव रिता सेनको सञ्चालनमा सम्पन्न भएको थियो।
लेखकको सम्वन्धमा