जनप्रतिनिधि जनताको जनजीविका बिषयमा गम्भीर भएर लाग्न प्यूठान कांग्रेसको निर्देशन
- लुम्बिनी प्रेस संवाददाता
- भदौ २५, २०८०
- 138 Shares
-
बुटवल । नेपाली कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाई जनताको जनजीविका बिषयमा गम्भीर भएर लाग्न नेताहरुले सुझाव दिएका छन् ।
१ सय १० औ बि.पि. जयन्तिका अबसरमा पाटी र निर्बाचित जनप्रतिनिधि बिचको अन्तरकृया कार्यक्रममा सहभागी कार्यकर्ता तथा नेताहरुले जनप्रतिनिधिहरु जनताको भावना अनुसार नचलेको भन्दै गुनासो गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा प्रदेश सांसद निमा गिरी, नेपाली कांग्रेस प्रदेश सदस्य तथा पुर्व जिल्ला सभापति शुवास केसी र अमर भण्डारी, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, भातृ तथा सुवेच्छुक संगठनका नेता लगायतले बी.पि.को बिचार र आदर्शबारे प्रष्ट पार्दै जनप्रतिनिधिहरुलाई जनताको भावनाअनुसार काम गर्न आग्रह गरेकाछन् ।
कांग्रेसकी प्रदेश सहमहामन्त्री एवम प्रदेस सांसद निमा गिरीले बिपिकाे समाजबाद अनुरुप नागरिकलाई उत्पादन सङ्ग जाेड्ने बताईन् । उनले भनिन्,`अब प्यूठानमा एकल महिलाकाे तथ्याङ्क सङ्कल गराइ उनिहरुलाइ पहिलो चरणमा आयआर्जनका कृयाकलापमा जाेड्नु पर्छ । संसद नीति निर्माण गर्ने थलाे हो । अहिले म कानुन समितिमा भएकोले प्रदेशमा पहिलाेपटक निजामती ऐन पास गराउन लागि परेँ ।´
काङ्ग्रेस प्यूठान सभापति बिष्णुकुमार गिरीले कार्यक्रमकाे बिषय प्रबेश गराउदै सम्पुर्ण जनप्रतिनिधिहरु जनताका जनजिबिकाका बिषयमा लाग्न निर्देशन दिएकाछन् ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा