बुटवलको सडक निर्माणमा ताकेता

बुटवलको सडक निर्माणमा ताकेता
0 0
Read Time:1 Minute, 52 Second

बुटवल । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणका लागि बनेको सहजीकरण समितिले सडक निर्माणलाई ताकेता गरेको छ । समितिको आईतबार संयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षतामा बसेको बैठकले यसअघि भएका निर्णयहरुको समीक्षा गर्दै सडक निर्माणका क्रममा गर्नुपर्ने विद्युत पोल व्यवस्थापन, खानेपानी र टेलिकमका म्यानुअल च्याम्बर व्यवस्थापनमा सुधार आएकोले यसलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सडक निर्माणको क्षेत्रमा भदौ २० गतेसम्म सबै विद्युतका पोलहरु गाडिसक्ने र नगाडेमा ठेकेदार कम्पनीलाई कारबाहीका लागि सिफारिश गर्ने, खाडल परेका सबै ठाउँमा निर्माण व्यवसायीले २ दिनभित्रमा पुर्न लगाउने÷मर्मत गरिसक्ने, खानेपानी पाइप लिगेज भएको पाइपलाई खानेपानी संस्थानले यथासीघ्र मर्मत गर्ने, आयोजनाको क्षेत्रमा वर्षाको पानी रोकिनासाथ र घामले सडक सुख्खा हुनासाथ तत्काल गर्ने, नगरको विभिन्न क्षेत्रमा जोखिममा रहेको टेलिकमको ३ वटा पोल तत्काल व्यवस्थापन गर्ने र यही भदौ १३ गतेसम्म सिमेन्टका पोलहरु व्यवस्थापन गरेर सडकका खाडलहरु मर्मत गरिसक्नुपर्ने निष्कर्ष निकालेको संयोजक पन्थीले जानकारी दिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %