तिलोत्तमा : करिब ५१ हजार गणना हुदा मेयरमा खाणको अग्रता कायमै, उपप्रमुखमा चौधरी दोब्बर मतले अगाडी

तिलोत्तमा : करिब ५१ हजार गणना हुदा मेयरमा खाणको अग्रता कायमै, उपप्रमुखमा चौधरी दोब्बर मतले अगाडी
0 0
Read Time:1 Minute, 33 Second

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निरन्तर अगाडी रहेका गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खांणले पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाममा आफ्नो अग्रता कायमै राखेका छन्।

अहिले बिहान ६ः३० बजे गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक गर्दा खांण ९८५ मतान्तरले अगाडी छन्। २२ हजार मत गणना सम्पन्न भएदेखि निरन्तर अगाडी रहेका खाणले पछिल्लो पटक सार्वजनिक भएको नतिजामा १९ हजार ४सय ७२ मत पाएका छन्।

उनलाई नेकपा एमालेका उम्मेद्वार मोहन चापागाईंले १८ हजार ४ सय ८७ मतका साथ पछ्याई रहेका छन्। तर उपप्रमुख पदमा भने एमालेको तर्फबाट उम्मेदवार बनेकी जगेश्वरी दोब्बर मतले अगाडी छन्।

तिलोत्तमा नगरपालिकामा हाल सम्म वडा नं १, २, ३,४,५, १२,१३ १५,१६र १७ नं वडाको अन्तिम परिणाम आई सकेको छ। ति वडा मध्ये वडा नं १,४,१२ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २,३,५,१३,१४ १६ र १७ मा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ।

अहिले नगरपालिकाको ६, ७, १० र ११ वडा को मतगणना जारी छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %