मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण

मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण
0 0
Read Time:1 Minute, 26 Second

बुटवल । बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड)को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कूटनीतिक उडान गरेको छ । दिल्लीबाट सोझै भैरहवा आएको यो विमानमा एसपीजीको टोली आएको हो ।

यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हुन पुगेको छ ।

भारतीय प्रधानमन्त्री यही २ जेठमा लुम्बिनी आउँदैछन् । उनको भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका हुन् । उनीहरूलाई छोडेर विमान आजै फिर्ता जाने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता साहले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %