मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण
- Lumbini Press
- बैशाख २८, २०७९
- 305 Shares
-
बुटवल । बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड)को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले कूटनीतिक उडान गरेको छ । दिल्लीबाट सोझै भैरहवा आएको यो विमानमा एसपीजीको टोली आएको हो ।
यससँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय विमान हुन पुगेको छ ।
भारतीय प्रधानमन्त्री यही २ जेठमा लुम्बिनी आउँदैछन् । उनको भ्रमणपूर्व सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी लुम्बिनी आइपुगेका हुन् । उनीहरूलाई छोडेर विमान आजै फिर्ता जाने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता साहले बताए ।
- सैनामैना–८ कांग्रेस सभापतिमा २८ वर्षीय किरण तिवारी निर्विरोध
- सैनामैनामा कांग्रेस वडा सभापतिका उम्मेदवार पोख्रेलको निःशुल्क एम्बुलेन्स सेवासहित पाँचबुँदे प्रतिबद्धता
- सैनामैना–७ को सभापति बन्न शिवराज पोख्रेल उम्मेद्वार
- भोटेकोसी बाढी प्रभावितका लागि रोयल जिम एन्ड फिटनेसको ७० हजार सहयोग
- विपत्तिमा परेका सौन्दर्यकर्मीको पीडा : ‘कति बगे, कति बेपत्ता छन्, सरकारलाई तथ्यांक चाहियो’
- बाढीपीडितको घाउमा होराइजन गौतम बुद्धको मलम, उद्धार कोषमा ५ लाख ८० हजार सहयोग
- लुम्बिनीका १ हजार २०६ पत्रकार बीमाको दायरामा
- सिद्धबाबा मन्दिरबाट ४ धार्मिक जलार्पण यात्रा, ४ हजार बढी दर्शनार्थी सहभागी
- लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
- समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य

प्रतिकृया दिनुहोस्