नेबिसंघ बुटवल बहुमुखी क्याम्पस सभापतिमा गुरुङ सर्वसम्मत
बुटवल । बिगत लामो समयबाट विवादित रहदै आएको नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस ईकाई समितिले विद्यार्थी भेलाबाट सुमन गुरुङको नयाँ नेतृत्व पाएको छ ।
क्याम्पस परिसरमा आयोजित भेलाले सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिती चयन भएको हो।
बुटवल बहुमुखी क्याम्पस ईकाई उपसभापतिमा नारायण घिमिरे र सागर थापा,सचिवमा प्रयास आचार्य,सहसचिवमा कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा बिपिन्द्र पान्डे चयन भएका छन।
ईकाई सदस्यहरुमा माधव बेल्बासे, आयुस पान्डे, सीता पंगेनी,अस्मिता फुल्देल र शुभम रसाली रहेको नेबिसंघ रुपन्देही सभापति शम्शेर खड्काले जानकारी दिए।
निर्वाचित भएपछि बोल्दै ईकाई सभापति गुरुङले लामो समय पछि विद्यार्थीहरु एकताबद्ध हुन सकेको बताउदै अब सबैलाई मिलाएर बलियो संगठन बनाउने प्रतिवद्धता ब्यक्त गरे।
उनले स्ववियु निर्वाचनमा बुटवल बहुमुखी क्याम्पसमा नेबिसंघले नै जित्नेगरी क्रियाकलाप गर्दै नेबिसंघलाई क्रियाशिल बनाउने उद्घोष गरे।
जिल्ला सभापति खड्का निर्वाचन भएसङै जिल्लाका ईकाई समिती पुर्णता तथा स्ववियु निर्वाचन केन्द्रित कार्यहरु गर्दै आएका छन।

लेखकको सम्वन्धमा