चर्चाका समाचारहरु

निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना

निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
0 0
Read Time:1 Minute, 27 Second

काठमाडौं । नेपाली कांग्रेसका नेता-कार्यकर्ताहरूले निर्वाचन आयोगमा धर्ना दिएका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकताको माग गर्दै उनीहरूले निर्वाचन आयोगमा धर्ना दिएका हुन् ।

शुक्रबार (माघ २) दिउँसो नेपाली कांग्रेसका नेताहरू आयोगअगाडि पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेस देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतले आफूहरू आधिकारिक भएको दाबिसहित आयोगमा निवेदन दिएका थिए ।

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो । हाल गगन थापाको नेतृत्वको केन्द्रीय कमिटीलाई नै आधिकारिक घोषणा गर्न दबाब दिन आयोगमा धर्ना भएको हो । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति अध्यावधिक गर्न बिहीबार आयोगमा निवेदन दिएको थियो । न्युज एजेन्सी नेपाल

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %