नेविसंघ रुपन्देहीद्वारा नयाँ वर्षको भित्ते पात्रो विमोचन एवं शुभकामना आदानप्रदान 

नेविसंघ रुपन्देहीद्वारा नयाँ वर्षको भित्ते पात्रो विमोचन एवं शुभकामना आदानप्रदान 
0 0
Read Time:2 Minute, 3 Second

बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ) रुपन्देहीले नयाँ वर्ष २०८०को वार्षिक भित्ते पात्रो विमोचन गरेको छ।
बिहीबार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै नयाँ वर्षको शुभकामना आदानप्रदान एवं भित्ते पात्रो विमोचन गरिएको हो।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, काङ्ग्रेस नेताहरू राम बहादुर कार्की, दीर्घ बहादुर केसी ,रमेश खनाल,विमलराज भट्टराई, छाया पोखरेल, नेविसंघ रुपन्देही अध्यक्ष शम्सेर खड्का लगायतले भित्ते पात्रो विमोचन गरेका हुन।
कार्यक्रममा बोल्दै काङ्ग्रेस प्रदेश कोषाध्यक्ष रानाले राजनीतिको सुरुवात विद्यार्थी जीवनबाट नै सुरु हुने बताउँदै ध्यान दिएर सक्रिय हुन आग्रह गरे।
नेपाली कांग्रेस क्षेत्र २ सचीव बिमलराज भट्टराई ,नेपाली कांग्रेस नगर सचिब छाया पोख्रेल ,नि. बर्तमान नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य टंक पाण्डे ,नेपाली कांग्रेस वार्ड न. ९ सभापति प्रदिप श्रेष्ठ ,नेपाली कांग्रेस वार्ड न. ९ सचीव मोहन न्यौपाने, नेपालि कांग्रेस प्रदेश प्रतिनिधि तथा नेता नेत्र भट्टराईलगायतका नेताहरुको सहभागीता रहेको थियो।
नेविसंघ रुपन्देही सभापति शम्सेर खड्काको स्वागत एव प्रकाश पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %