नेकपा एस स्थायी कमिटी : ‘एमालेसँग एकता हुँदैन, नेपाललाई राष्ट्रपति बनाउने हल्ला मात्रै’
Read Time:1 Minute, 5 Second
काठमाडौं, १६ पुस । नेकपा एकीकृत समावजादीले तत्काल कुनै पार्टीसँग एकता नहुने बताएको छ । सरकारमा जाने अथवा नजाने भन्ने विषयमा निर्णय गर्न बसेको पार्टी स्थायी कमिटीको बैठकमा सहभागी स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले अहिलेको अवस्थामा एमालेलगायत कुनै पनि पार्टीसँग एकता नहुने जानकारी दिएका हुन् ।
नेकपा एसका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाउने कुरामा सत्यता नरहेको पनि उनले जानकारी दिए । स्थायी कमिटी बैठक जारी रहेको र भोलिसम्म चल्नसक्ने उनले बताए ।
अध्यक्ष नेपालले बैठकमा एजेण्डा प्रस्तुत गरेपछि सम्मानित नेता झलनाथ खनालले ब्रिफिङ गरेको र अहिले स्थायी कमिटी सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेको उनले जानकारी दिए ।

लेखकको सम्वन्धमा