बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी

बुटवलमा सातदिनदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनी जारी
0 0
Read Time:4 Minute, 19 Second

बुटवल,पुस १३ ।

रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ ले ७ दिन पार गरेको छ । पुष १९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको हालसम्म २ लाखभन्दा वढी दर्शकहरुले अवलोकन गरिसकेको प्रदर्शनी सचिवालयले जनाएको छ ।

प्रदर्शनी आयोजनासँगै प्रदर्शनी स्थलमा विभिन्न विषयमा अन्तरक्रिया तथा प्रतियोगिताहरु पनि भैरहेका छन् । यसै क्रममा विहिवार प्रदर्शनी स्थल बुटवल मण्डपमा पर्यटन उद्योगः विकास र सम्भावना विषयक गोष्ठीको आयोजना गरिदैछ । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालित प्रदर्शनीमा आयोजना गरिने गोष्ठीमा डा. हरि राईले कार्यपत्र प्रस्तुत गर्नुहुने गोष्ठी संयोजक राजु घिमिरेले जानकारी दिनु भयो । विहान प्रदर्शनी स्थलमा हुने कार्यक्रममा उपस्थितिका लागि उद्योगी, स्टल धनी, सञ्चारकर्मीलाई आग्रह गरिएको छ ।

प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु जारी छ । प्रदर्शनी काक्रममा आयोजना गरिएको कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिता र विद्यालय स्तरिय लोक नृत्व प्रतियोगिता सम्पन्न भएको छ । अन्तर कलेज वक्तृत्व कला प्रतियोगितामा सैनामैना कलेजका दुर्गा खनाल प्रथम, नविन औद्योगिक माविकी जुना परियार द्वितिय तथा बहुमुखी क्याम्पसका विशाल पन्थी तृतिय भएका थिए ।

प्रतियोगितामा निजी तथा सामुदायिक र सरकारी गरी २२ कलेजका प्रतियोगीताहरु सहभागी रहेका थिए । यसैगरी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगित पनि सम्पन्न भएको छ । जसमा १९ विद्यालय सहभागि भएका थिए । जसमा एभरेष्ट बोर्डिङ स्कूल प्रथम, न्यू होराइजन स्कूल दोस्रो र सैनामैना स्कूल तेस्रो भएको थिए । विजेताहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।

बुधवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गित प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्ट तथा प्रदर्शनी आइडलको प्रतिस्पर्धा एवं छनौट प्रक्रिया भएको छ । दोहोरी गित प्रतियोगिता अन्तरगत बुधवार राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी प्रदेश र खस्यौली रोधी क्लव प्रा.लि. बुटवल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की र दरबार रोधी क्लव वीच प्रतिष्पर्धा भएको थियो । यता प्रदर्शनी आइडल–२०७९ को टप ५ छनौट भएका छन् ।

सांस्कृतिक कार्यक्रम अन्तरगत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत चर्चित दोहोरी गायक शिषिर देवकोटा, दोहोरी गायक बसन्त लम्साल, गायीका सिता राना र गायक कमल भट्टराईको प्रस्तुती रहेको थियो । बुटवलमा पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्रमा आयोजना भएको प्रदर्शनीमा खाद्यान्न, कपडा र घरायशी सामानहरुको विक्री बढी भएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %