मैनाबगरमा अटो भिलेज ईन्जिनियरिङ कलेज सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता
एमालेले सुकुम्वासीको प्रयोग चुनाव जित्न मात्रै गर्यो : थापा
बुटवल, २० कार्तिक । रुपन्देही क्षेत्र नम्बर २ मैनाबगरमा रहेको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरी प्राविधिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने गरी कार्यक्रम ल्याउने योजना बनाएको गठबन्धनका उम्मेद्वारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
रुपन्देही २(२) को वडा नं. १ र २ को संयुक्त परिचयात्मक कार्यक्रममा बोल्दै बाम लोकतान्त्रिक गठबन्धन उम्मेद्वारहरुले अटोभिलेज क्षेत्रको व्यवस्थापनका कामहरू गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापाले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा प्रयोग गरेको बताए । उनले सुकुम्वासीलाई प्रयोग गरी लालापूर्जालाई आधार बनाएर १५ वर्ष सम्म निरन्तर ३ पटक निर्वाचन जित्ने एमालेले अहिले पनि जनतालाई भ्रममा छर्दै हिँडेको बताए ।
रुपन्देही २ मा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका थापाले मैनाबगर लगायतका स्थान विभिन्न पेसा व्यवसायी गरी बसोबास गरेका अवस्थित बसोबास, कोदाले, बिटौरी, जग्गाको भोगचलन गरेकाहरुलाई उनिहरुकै स्वामित्व हुने गरी लालपुर्जाको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले भने, ‘१५ वर्ष देखी आश्वासन मात्रै दिनेलाई यो पटक पछार्नुहोस्, सुकुम्वासीलाई व्यवस्थित गर्ने काम सत्ता गठबन्धनले मात्रै गर्दछ । भूमि आयोग अन्तर्गत सबैलाई व्यवस्थित गर्दै तीन तहको सरकार बनाएर लालपुर्जा वितरण गरी भूमि अधिकार दिलाउने काम हामी गर्नेछौ ।’
कार्यक्रममा बोल्दै रुपन्देही२(२)का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वामदेव क्षेत्रीले मैनाबगर क्षेत्रमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गरी प्राविधिक एवं दक्ष जनशक्ति उत्पादन गर्ने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले
पटक पटक अटोभिजको लागी एडिवि बाट आएको करौडौ बजेट फ्रिज गइरहेको कारण यहाँको समस्या समाधान हुन नसकेको बताए ।

लेखकको सम्वन्धमा