मतदाताको आश्वासनले उम्मेदवारहरू उत्साहित

बुटवल, १८ कार्तिक । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू घरदैलोमा व्यस्त भएका छन् । रुपन्देही क्षेत्र नं २ का उम्मेदवारहरूले मतदातासङ भोट माग्न घरदैलोमा पुगेका हुन । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि अग्रिम शुभकामना दिँदै ढुक्क भएर भोट दिने मतादाताहरूले प्रतिबद्धता समेत जनाएका छन् ।
बुटवल उप-महानगरपालिका वडा नं ८ सुख्खा नगरमा शुक्रवार घरदैलोमा पुगेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशव ब. थापा (सूर्यवंशी), प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीलाई मतदाताहरूले भोट दिने दिने वाचा दिएका हुन ।
दुवै जना उम्मेदवार बुटवल सुख्खानगरवासी हुन । राष्ट्यि जनमुक्ति पार्टीका केन्द्रीय कार्यकारी अध्यक्ष समेत रहेका उम्मेदवार थापाले पटक पटक एउटै व्यक्तिलाई जिताइ रहने तर जनताको समस्या हल गर्न नसक्नेलाई जिताउनुको कुनै अर्थ नहुने बताउँदै बुटवलको लागि नयाँ अनुहारलाई जिताउन आग्रह गरे । आफ्नो प्रतिद्वन्द्वी विष्णु पौडेलले अर्थमन्त्री पदसँग लुम्बिनी प्रदेशको राजधानी साटेको बुटवलवासीले भुल्न नसकिने उनले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका प्रदेश सभा सदस्य पदका उम्मेदवार क्षेत्रीले बुटवलको विकासमा आफ्नो उम्मेदवारी रहेको बताउँदै मत दिएर जिताउन आग्रह गरेका थिए । त्यसै गरी प्रतिनिधि सभाका उम्मेदवार थापा र निर्वाचन क्षेत्र नं २ (१)प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घ बहादुर केसी (कुमार) बुटवल ११ मा घरदैलो कार्यक्रममा व्यस्त भएका छन् ।
बुटवल ११ वुद्धनगरमा घरदैलो गरी मतदातासङ भोट मागिरहेका छन् । रुख चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरेका उनलाई मतदाताहरूले निर्वाचन जिताउने आश्वासन दिएका छन् । घरदैलो कार्यक्रममा गठबन्धन दलका कार्यकर्ताहरूले उत्साहजनक सहभागिता रहेको छ ।
लेखकको सम्वन्धमा