“निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबैको सहकार्य आवश्यक”
बुटवल, २३ कार्तिक । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन सबैको सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन।
नेपाल कानुन समाज र निर्वाचन आयोगको आयोजनामा आयोजित प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले निर्वाचन निश्पक्ष, शुरक्षित तथा धाधलीरहित बनाउनको लागि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्नुपर्ने भएकोले सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका हुन।
कार्यक्रममा बोल्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अघिल्ला निर्वाचनमा देखिएका कमि कमजोरीलाई हटाउदै निस्पक्ष निर्वाचन गराउने प्रतिबद्धता ब्यक्त गरे। उनले निर्वाचन आचारसंहितालाई क्रमिक रुपमा सुधार हुँदै आएको बताउदै उनले यसलाई सबैले मान्नैपर्ने बताए। आवश्यक सुधारका कुराहरु पनि आगामी दिनमा पनि सुधार गर्दै जाने बताउदै सुझाबहरु दिइराख्न आग्रह गरे।
उनले आचारसंहिता उलंघन गरेको पाईएमा उम्मेदवारी नै खारेज गर्न सकिने चेतावनी दिए। उनले निर्णय हुदैनन भनेर उलंघन भएमा उम्मेदवार नै खारेज गर्ने दोहिर्याए।
उनले आवश्यक सुरक्षा तथा अन्य तयारी अवस्थामा रहेको बताउदै आयोगको कमजोरी भएमा र उम्मेदवारले आचारसंहिता उलंघन गरेमा पुर्ण विवरण सहितको उजुरी दिन आग्रह गरे।उनले आचारसंहिता पालना गराउन नसक्ने गरेको आरोप लाग्ने भएकोले यो पटक झनै कडाई गरिएको बताए।
उनले यस क्षेत्रमा आचारसंहिता कार्यान्वयन गराउन सबैले सहकार्य गरेर निर्वाचन सफल बनाउन आग्रह गरे।
कार्यक्रममा बोल्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्ण राम कोईरालाले निर्वाचन मर्यादित बनाउन आचारसंहिता पालना गर्नुपर्ने बताए। उनले मतदान सामाग्रीको बितरणको कामहरू पनि भईरहेको बताए। निर्वाचनको अन्तिम चरणमा रहेको बताउदै निश्पक्ष, स्वतन्त्र र धाधलीरहित बनाउने प्रतिबद्धता ब्यक्त गरे। उनले आचारसंहिता उलंघनका उजुरीहरु नआएको बताउदै उजुरी दिदा पुर्ण विवरण सहितको उजुरी दिन आग्रह गरे।
कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ६ लाख बढी मतदाता रहेको बताउदै ६ हजार भन्दा बढी कर्मचारी तथा शुरक्षाको ब्यवस्थापन मिलाईएको बताए। उनले मतदान अघि, मतदानको क्रममा र मतदान पछिको शुरक्षाको ब्यवस्थापन पनि गरिएको जनाए। उनले सिमानाका बन्द गर्ने तथा आचारसंहिता अनुगमन समिती बनाएर कामहरु गरिरहेको बताउदै उलंघनका घटना हुन नदिने गरि काम भईरहेको बताए। उनले निर्वाचन निस्पक्ष बनाउने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीले निर्वाचन आचारसंहिताका प्रमुख विषयहरु : सरोकारवालाहरुको भूमिका र निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले संघ र प्रदेश सदस्यको निर्वाचन खर्छ र प्रचार-प्रसार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा कानुन समाज नेपालका बरिस्ठ कार्यक्रम अधिकृत गणेशमान प्रधान, समाज बुटवल प्रमुख हेमा न्यौपाने,विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतले बोलेका थिए।


लेखकको सम्वन्धमा