काङ्ग्रेस लुम्बिनीको घोषणा पत्र तयारी समिति संयोजकमा महामन्त्री आचार्य , सदस्यमा सह महामन्त्री गिरि सहित २१ जना
बुटवल । नेपाली काँग्रेस लुम्बिनीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति गठन गरेको छ ।
प्रदेश सभापति अमर सिंह पुनले प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्यको संयोजकत्वमा २१ सदस्य प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति निर्माण गरिएको हो ।
सह महामन्त्री निमा गिरि सहित प्रदेश कार्यसमिति सदस्य तथा अन्य सदस्यहरू सहितको घोषणा पत्र तयारी समिति गठन गरिएको हो ।
डा. सन्दीप सुवेदी सदस्य सचिव रहेको समितिमा प्रदेश सदस्यहरू यस्तै सदस्यहरूमा डा. तारा बन्जाडे, डा.नहकुल केसी, डा.मुक्तिराम श्रेष्ठ, डा. दामोदर भुसाल, दीपक सुवेदी, लेखनाथ पोखरेलै, गोकर्ण बन्जाडे, अपिल केसी, ई.संहाबुद्धन खाँ, ई.अमृत ज्ञवाली, मो.अर्सफ हलुवाई मुसलमान,अमन भुसाल , सन्तोष चौधरी, कुसुम थापा मगर, ई. रञ्जन काफ्ले र शर्मिला आचार्य रहेको काँग्रेस लुम्बिनी प्रदेश सचिव तेज कुमारी(तेजु) ले जानकारी दिए । 
समितिले विभिन्न क्षेत्र र माध्यमको प्रयोग गरी घोषणा पत्र निर्माण गर्ने समिति सदस्य एवम् प्रदेश सह महामन्त्री निमा गिरिले जानकारी दिइन ।

लेखकको सम्वन्धमा