शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन
बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनमा शुद्धोधनका लोक सांस्कृतिक सम्पदाहरू विषयक पुस्तक विमोचन गरिएको छ।
गाउँपालिका कार्यपालिकाको कार्यालय मानपकडिमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले विमोचन गरेका हुन। सह प्राध्यापक डा मुकुन्द शर्माद्वारा लिखित पुस्तकमा सुद्धोधन गाउँपालिकाको सामाजिक सांस्कृतिक बस्ती स्थिति , थारु जातिको सर्वेक्षण, लोक साहित्यको विधागत स्वरूप, माधोनल नाचको विधागत स्वरूप, लोकगाथाको विधागत स्वरूप, मगर तथा बाहुन समुदायका भजन तथा कला, मधेसी समुदायका प्रदर्शन कलालाई उतारिएको छ।
भाग एकको रूपमा पालिकाले प्रकाशन गरेको पुस्तकको विमोचन गर्दै अध्यक्ष बस्यालले गाउँपालिकाको विविधताको अवस्था दर्साउनको लागि पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे।
रुकुमनारायण थारु, भागवत थारु, वसन्तराज बराल र पुष्पा अर्यालको क्षेत्र कार्य सहयोग तथा दयाराम थारु र अशोक थारुको अनुवाद सहयोगमा पुस्तक तयार भएको लेखक डा शर्माले जानकारी दिए।
लेखक डा शर्माले यश अघि ६ पुस्तक प्रकाशन गरिसकेका छन्। कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान विभाग प्रमुख प्राडा गितु गिरिले लोक संस्कृतिले पालिकाको पहिचान कायम गर्न सहज हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले सुद्धोधन गाउँपालिका भित्र रहेका सस्कृतिहरुको प्रचार प्रसार र स्थायित्वको लागि सहयोगी बन्ने बताए। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर घर्ती , लुम्बिनी बाङमगय प्रतिष्ठानका प्रमुख ऋषि आजाद , डा अजिद खनाल , थारु कल्याणकारी सुद्धोधन अध्यक्ष बद्री थारु लगायतले बोलेका थिए।

लेखकको सम्वन्धमा