किसानलाई समयमा मल उपलब्ध गराउन माग गर्दै नेविसंघ रुपन्देहीले बुझायो ज्ञापन पत्र

बुटवल । किसानहरूले समयमा मल नपाउँदा उत्पादन घट्दै गइरहेको र यसतर्फ कसैले पनि ध्यान नदिएको भन्दै नेविसंघ रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ।
नेविसंघ रुपन्देही सभापति शम्सेर खड्काले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत सरकारलाई ध्यानाकर्षण गराएका हुन।
नेपालको प्रमुख बालीको रूपमा रहेको धान बालीको रोपाइँको समयमा यस जिल्लामा रासायनिक मल (युरिया, डी.ए.पी) को अत्यन्तै अभाव रहेको कारणले गर्दा यस जिल्लामा धानको उत्पादन अत्यन्तै कम हुने र सम्पूर्ण किसानहरूको श्रम र लगानी व्यर्थमा जाने अवस्था देखिएकाले ज्ञापन पत्र बुझाइएको नेविसंघ रुपन्देही सभापति शम्सेर खड्काले जानकारी दिए।
उनले किसानहरूको माग अनुसार यथेष्ट मात्रामा रासायनिक मलको उपलब्धताको सुनिश्चितता गर्नका लागि यो ज्ञापन पत्र बुझाइएको बताए। उनले यो अभियानमा साथ दिन सम्पूर्ण राजनीतिक दल तथा भातृ संस्थालाई आग्रह समेत गरेका छन।
लेखकको सम्वन्धमा