नेविसंघ : लुम्बिनी प्रदेशबाट ९२ केन्द्रिय सदस्य बनाउन रोल खेलेका सुदिप

बुटवल । नेपाल विद्यार्थी संघ (नेविसंघ)ल भ्रखरै मात्रै ७१० जना केन्द्रिय सदस्य मनोनीत भएका छन। जसबाट लुम्बिनी प्रदेशबाट ९२ जना केन्द्रिय सदस्य मनोनीत भएका छन। लुम्बिनीबाट ९२ जना केन्द्रिय सदस्य बनाउन विद्यार्थी युवा नेता सुदिप शर्माले निकै राम्रो भुमिका खेलेको भन्दै प्रसम्सा हुन थालेको छ।
रुपन्देही निबासी शर्मा र नेविसंघ सभापति दुजाङ शेर्पाको सम्बन्ध निकै राम्रो भएकोले पनि शर्माले सिफारिस गरेका ब्यक्तिहरुलाई शेर्पाले अनुमोदन गरेका हुन।
सुदिप शर्माको पहलमा लुम्बिनी प्रदेशका १२ जिल्लाहरु मध्य सबैभन्दा धेरै रुपन्देहीबाट १६ जना मनोनीत भएका छन।यस्तै दाङबाट १२, गुल्मीबाट ११, बाकेबाट १० , बर्दियाबाट ८, कपिलवस्तुबाट ८, अर्घाखाँचीबाट ७, प्युठानबाट ७ , पाल्पाबाट ६, रोल्पाबाट ३, नवलपरासीबाट २ र रुकुम पुर्वबाट २ जना मनोनीत भएका छन।
उनले आफुले यो पक्ष वा अर्को पक्ष भनेर विभेद नगरी राम्रो काम गरेका ब्यक्तिहरुलाइ छनोट गरेर सिफारिस गरेको बताए।
लेखकको सम्वन्धमा