बुटवलमा आज गठबन्धनको बृहत चुनावीसभा, देउवा सहित सबै दलका केन्द्रिय नेताले सम्बोधन गर्ने
- Lumbini Press
- बैशाख २४, २०७९
- 297 Shares
-
बुटवल। बुटवलमा पांच दलीय गठबन्धनको आयोजनामा आज बुटवलमा आज चुनावी सभा हुंदै छ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांगे्रस सभापति शेरबहादुर देउवा बुटवल आउने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदीलगायतका नेताहरुले उक्त चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यस्तै नेपाली कांगे्रसका नेता तथा गृहमन्त्री बालकृष्ण खांण, कांगे्रसका महामन्त्री गगन थाप लगायतका नेताहरु पनि बुटवल आउने छन् ।
चुनावी एकतालाई परिणाममुखि बनाउने उद्वेश्यले आयोजना गरिएको चुनावी सभामा सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी गराएका छन् ।
स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।
पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनको योजना प्रतिगामी भएको भन्दै पांच दलबीच गठबन्धन बनेको हो ।
- समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य
- प्युठानमा सामुदायिक वनबाट ७ बन्दुक बरामद
- दाङका सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
- राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयमा सेवाग्राहीको भिड
- सार्वजनिक सूचना निकाल्दै चौराह अस्पतालले गर्यो समता शुल्क फिर्ता लैजान आग्रह
- रगतको पैयाँमा घुम्दो बुटवलको जीवनरेखा
- कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
- रुपन्देहीमा २२८ जनाले गरे आत्महत्या, अधिकांश २६–३५ वर्ष उमेर समूहका
- लुम्बिनीमा ८१ प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकियो
- पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा
-
समाज रूपान्तरणको अभियानमा युवा जीवनराज आचार्य
साउन २१, २०८३ -
राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयमा सेवाग्राहीको भिड
साउन २०, २०८३ -
दाङका सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
साउन २०, २०८३ -
प्युठानमा सामुदायिक वनबाट ७ बन्दुक बरामद
साउन २०, २०८३

प्रतिकृया दिनुहोस्