बुटवलमा आज गठबन्धनको बृहत चुनावीसभा, देउवा सहित सबै दलका केन्द्रिय नेताले सम्बोधन गर्ने
- Lumbini Press
- बैशाख २४, २०७९
- 73 Shares
-

बुटवल। बुटवलमा पांच दलीय गठबन्धनको आयोजनामा आज बुटवलमा आज चुनावी सभा हुंदै छ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांगे्रस सभापति शेरबहादुर देउवा बुटवल आउने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवासहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदीलगायतका नेताहरुले उक्त चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यस्तै नेपाली कांगे्रसका नेता तथा गृहमन्त्री बालकृष्ण खांण, कांगे्रसका महामन्त्री गगन थाप लगायतका नेताहरु पनि बुटवल आउने छन् ।
चुनावी एकतालाई परिणाममुखि बनाउने उद्वेश्यले आयोजना गरिएको चुनावी सभामा सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रजापाल गिरीले जानकारी गराएका छन् ।
स्थानीय निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।
पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनको योजना प्रतिगामी भएको भन्दै पांच दलबीच गठबन्धन बनेको हो ।
- सुठौली र कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल
- बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
- सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
- रुपन्देही ३ को उपनिर्वाचनमा लेखनाथ गैरेले गरे स्वतन्त्र उम्मेदवारीको घोषणा
- सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
- आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
- आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- बुटवल–नारायणगढ चार लेन सडक ः म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र
- तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
- प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
बुटवलमा एकदिने नानोप्लेक्स ट्रीटमेन्ट सेमिनार सम्पन्न
असार २३, २०८२ -
तिलोत्तमाको दूरगामी सहकारी डुब्यो ः बचतकर्ताको भीड
असार १८, २०८२ -
सांसद गिरीकाे पहलमा बाल सुधार गृहका बालबालिकालाइ सचेतना
असार २३, २०८२ -
आत्मनिर्भर बनाउने पाँच तालिम बुटवलमा एकैसाथ समापन
असार २३, २०८२ -
सिद्धबाबा सुरुङमार्गमा लाइनिङको काम हुँदै
असार २३, २०८२ -
आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
असार २३, २०८२
प्रतिकृया दिनुहोस्