सुद्धोधन ४ का वडा अध्यक्ष पदका उम्मेदवार अधिकारी भन्छन – चुनाब त जितिसक्यौ, ३० गतेको प्रतीक्षा छ
बुटवल । रुपन्देहीको सुद्धोधन गाउपालिकामा गठबन्धनका उम्मेदवारहरुले नियमित घरदैलो गरिरहेका छन।यहाँ काङ्ग्रेस र माओवादी बिच तालमेल भएको छ। यहाँ अध्यक्षमा काङ्ग्रेसका विष्णु प्रसाद बस्याल, उपाध्यक्षमा माओवादीकि शारदा भुसाल उम्मेदवार छन।
यता सुद्धोधन ४ मा गठबन्धनका उम्मेदवारहरुले चुनाब जितिसकेको महसुस भएको बताउछन। जनताको काङ्ग्रेस प्रतिको उत्साह तथा माया र सद्भावले चुनाब जितिसकेको महसुस भएको बताउछन,वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार केशब प्रसाद अधिकारी।
उनले घर घरमा गएर बुझेको बताउदै सुद्धोधनमा गठबन्धनले जित्ने र वडाहरुमा पनि काङ्ग्रेसले जित निकाल्ने बताउछन।
उनले भने,´हामिले चुनाब त जितिसक्यौ, जनताको यतिधेरै साथ सहयोग छ,मतदान शिक्षा समेत दिएका छौ, त्यसैले हामी ढुक्क छौँ । `
अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवार सहित तथा वडा अध्यक्षका उम्मेदवार केशब प्रसाद अधिकारीको नेतृत्वमा टोल टोलमा पुगेर घरदैलो गरिरहेको बताउछन। 
सुद्धोधन ४ मा आमूल परिवर्तन गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताउदै वडाअध्यक्ष पदका उम्मेदवार अधिकारीले आफू यहि जन्मेको र सबै समस्याको बारेमा अवगत रहेकोले उम्मेदवारी दिएको बताए।
उनले अघिल्लो पटक निर्वाचितले जनताका अपेक्षा अनुसारको काम गर्न नसकेको बताउदै आफुले जितेसंगै वडालाई नमुना बनाउने दाबी गरे। 
घरदैलोको क्रममा सकारात्मक प्रतिक्रिया आएको बताउदै आफुले सुद्धोधन ४ को बिकासका योजना र भिजन बनाएर काम गर्ने बताए।
यहाँ वडा अध्यक्षमा काङ्ग्रेसका केशब प्रसाद अधिकारी उम्मेदवार छन, यस्तै वडा सदस्य पदका उम्मेदवारहरु टोल प्रसाद राना र सुकई प्रसाद थारु, महिला सदस्य पदका उम्मेदवार रुक्मणी थारु र दलित महिला सदस्य पदका उम्मेदवार रुपा बिक छन।

प्रतिकृया दिनुहोस्