नेविसंघको स्थापना दिवसमा पुस्तक बितरण

नेविसंघको स्थापना दिवसमा पुस्तक बितरण
0 0
Read Time:1 Minute, 51 Second

बुटवल । नेपाल विद्यार्थी संघ(नेविसंघ)को ५४ औं स्थापना दिवसको अवसरमा पुस्तक बितरण गरिएको छ।

बुधबार जिल्ला कार्यसमिति रुपन्देहीले बुटवल १५ मा रहेको लुम्बिनी अपाङ्ग दृष्टि बिहिन आश्रममा एक कार्यक्रम गर्दै पुस्तक बितरण गरेको जिल्ला अध्यक्ष संम्सेर खड्काले जानकारी दिए।

कार्यक्रममा बोल्दै नेविसंघका सस्थापक अध्यक्ष खेमराज अर्यालले पछिल्लो समय रुपन्देहीमा नेविसंघले आफ्ना गतिविधि बढाएको बताउदै अझै कृयाशिलताको लागि आग्रह गरे।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश रानाले युवाहरुमा भएको इक्षा शक्तिले देश परिवर्तन गर्न सकिने भन्दै कृयाशिलता बढाउन आग्रह गरे।

कार्यक्रममा काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की, दीर्घ बहादुर केसी, ई कुसुम बम ज्ञवाली, हरिध्वज मल्ल,काङ्ग्रेस बुटवल १५ सभापति शेष नारायण उपाध्याय,बुटवल सचिव छाया पोखरेल,बुटवल उपमहानगर १५ वडा अध्यक्ष शिव राना,यातायात मजदुर संघ केन्द्रिय सचिव चिरन पाण्डे, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष नरिश्वर पौडेल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा १५ जना बालबालिकालाई अवश्यक पुस्तक बितरण गरिएको थियो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %