रानको प्रथम रक्तदान कार्यक्रम रुपन्देहीमा, ४१ युनिट संकलन
बुटवल । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)को आयोजनामा बुटबलमा रक्तदान गरिएको छ।
रक्तसंञ्चार केन्द्र बुटबलको प्राबिधिक सहयोगमा रक्तदान भएको हो। रक्तदानमा ४१ जना रक्तदाताहरुले रक्त्तदान गरेको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)का केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले बताए।
रानले गरेको रक्तदान कार्यक्रममा उल्लेखनीय रुपमा लगातार रुपमा गर्ने भन्दा नयाँ रक्तदाता बढी देखीएको थियो भने ७ जनाको रगत नेगेटीभ रहेको र उनीहरुको रक्तसंञ्चार केन्द्रमा संञ्चित रहेकोले उनीहरुलाई रक्तदान नगराईएको र ३ जनामा स्वास्थ्य समस्याका कारण रक्तदान नगरेकोे बताईएको छ।
केन्द्रिय उपाध्यक्ष शालिकराम भुसाल,प्रदेश अध्यक्ष नरहरी अर्यालय सचिब कमलशर्मा चापागाई रुपन्देही जिल्ला उपाध्यक्ष जिबन पोखरेल, प्रेम जीसी डा मनिसा ढकाल ,भुमा बेलबासे बिमला पौडेल,प्रभा क्षेत्री प्रदेश सल्लाहकार डा सन्तोष गौतम रिता पन्थी लगायत ४१ जनाले रक्त्तदान गर्नु भएको थियो। रान लुम्बिनी प्रदेशका बरिष्ठ सल्लाहकार चन्द्रकान्त खनालको सहजीकरणमा रक्तदान भएको थियो।
“स्वास्थ्य र समृद्धिको आधार आयुर्वेद क्षेत्रको विकास र विस्तार“ भन्ने नाराका साथ आगामी चैत्र २५गते रानको केन्द्रिय महाधिबेशन काठमान्डौमा हुने भएकोले सम्पुणर् आयुर्वेदकर्मीलाई सहभागीताको लागी रानले अनुरोध समेत गरेको छ।

लेखकको सम्वन्धमा