घरदैलो अभियान तीव्र पार्दै विश्वदीपको दाबी– जनमत आफ्नो पक्षमा

घरदैलो अभियान तीव्र पार्दै विश्वदीपको दाबी– जनमत आफ्नो पक्षमा
0 0
Read Time:1 Minute, 57 Second

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे ‘शुभाष’ ले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन्। अभियानअन्तर्गत सोमबार उनले बुटवल उपमहानगरपालिका–७ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा छलफल गरेका हुन्।

घरदैलोका क्रममा स्थानीय नागरिकका समस्या, अपेक्षा र सुझाव सुन्दै उनले विकास, सुशासन र इमान्दार नेतृत्वको आवश्यकता औंल्याए। जनताका आधारभूत आवश्यकतासँग सम्बन्धित विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै उनले निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्कमा रहने प्रतिवद्धता जनाए।

रुपन्देही–२ का मतदाताले परिवर्तन चाहेको दाबी गर्दै पाण्डेले यसपटक आफू विजयी हुनेमा विश्वास व्यक्त गरे। प्रतिस्पर्धामा रहेका विष्णु पौडेल, चुन्नु पौडेल र शुलभ खरेल लाई पछि पार्दै जनमत आफ्नो पक्षमा आउने उनको भनाइ छ।

पाण्डे नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट उम्मेदवार हुन् भने उनका प्रमुख प्रतिस्पर्धीहरू क्रमशः नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बाट मैदानमा छन्।

जनताको विश्वासलाई कार्यान्वयनमार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले परिणाम आफ्नो पक्षमा आउनेमा आफू ढुक्क रहेको बताएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %