रुकुम पूर्वमा मगरहरु एकताबद्ध हुँदै, कांग्रेसकी कुसुमदेवी थापा मगरलाइ सहयाेग गर्ने प्रतिबद्धता

रुकुम पूर्वमा मगरहरु एकताबद्ध हुँदै, कांग्रेसकी कुसुमदेवी थापा मगरलाइ सहयाेग गर्ने प्रतिबद्धता
0 0
Read Time:3 Minute, 0 Second

बुटवल । माओवादी आन्दोलनको ‘आधार इलाका’ मानिने पूर्वी रुकुम अहिले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी मैदानमा छन् । तर यहाँ नेपाली कांग्रेसकी कुसुम देवी थापा मगरले प्रचण्डलाइ निकै चुनाैति दिइरहेकी छन् ।

जिल्लामा ८० देखि ८२ प्रतिशतसम्म बाहुल्यता रहेको मगर समुदाय पछिल्लाे समय एकताबद्ध हुँदै पूर्वी रुकुमबाट नेपाली कांग्रेसकी उम्मेदवार कुसुम थापा मगरलाइ सहयाेग गर्ने प्रतिबद्धता जनाएका हनु ।

घरदैलाेमा पुग्ने अधिकांश मगर समुलायले स्थानीय चेलिलाइ सहयाेग गर्ने प्रतिबद्धता जनाएका हुन् । थापाले आफू सोही भूगोल र समुदायबाट आएको उम्मेदवार भएकाले आफ्नो जितको आधार बलियो रहेको दाबी गर्दै आएकी छन् ।

प्रचण्ड तीन पटक प्रधानमन्त्री भए पनि आफ्नो ‘आधार इलाका’ मानिने रुकुमको विकासमा पर्याप्त ध्यान नदिएको, सहिद तथा घाइते परिवारलाई उपेक्षा गरिएको उनको भनाइ छ।

साथै, रोल्पा, सिराहा र चितवनजस्ता क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा अहिले प्रचण्डप्रति जनताको आकर्षण घट्दै गएको दाबी गरिन । विकासका एजेन्डाबारे बोल्दै थापा मगरले सडक र पुलजस्ता परम्परागत पूर्वाधारसँगै ‘नलेज इकोनोमी’ को अवधारणा अघि सार्नुपर्ने आवश्यकता औँल्याइन ।

उनले पूर्वी रुकुमका युवालाई एआई र आईटीसम्बन्धी तालिम प्रदान गरी गाउँमै बसेर अन्तर्राष्ट्रिय बजारमा काम गर्ने अवसर सिर्जना गर्ने योजना सुनाउनुभयो। साथै, पर्यटन प्रवर्द्धन र सडक नपुगेका ९ वटा वडामा पहुँच विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन ।

पार्टीको आन्तरिक राजनीतिबारे बोल्दै उनले नेपाली कांग्रेस अब परिवर्तनको चरणमा रहेको र गगन थापाको नेतृत्वमा नीति र नेतृत्व दुवै बदलिएको बताइन । गगन थापा प्रधानमन्त्री बने देशमा सकारात्मक परिवर्तन आउने उनको विश्वास छ।

थापा मगरले यसअघि समानुपातिक सांसद तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको रूपमा काम गर्दा जलवायु परिवर्तनका विषयमा आठ देशका सांसदहरूको भेला गराई नीतिगत पहल गरेको आफ्नो अनुभव पनि सुनाइन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %